कागेश्वरी पुस्तकालयमा महाकवि लक्ष्मीप्रसा देवकोटाको शालिक
कागेश्वरी मनोहरा नगरपालिकास्थित कागेश्वरी पुस्तकालयको प्राङ्गणमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, हास्य शिरोमणि भैरव अर्याल र आख्यान शिरोमणि रमेश विकलको पूर्णकदको शालिक निर्माण भएको छ ।
देवकोटाको शालिक एक वर्षअघि नै तयार गरिए पनि अर्याल र विकलको शालिक हालै तयार गरिएको हो । ११२ औँ लक्ष्मी जयन्तीका अवसरमा साहित्यकार एवं नेपाल कम्युनिष्ट पार्टीका नेता प्रदीप नेपालले तीनै स्रष्टाको शालिकमा माल्यार्पण गर्नुभयो ।
कागेश्वरी पुस्तकालयको व्यवस्थापन र आयोजनामा भएको कार्यक्रममा नेता नेपाल, प्रतिनिधिसभाका सदस्य कृष्ण राई, वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापालगायतले पुस्तकालयमा तीन स्रष्टाको शालिक स्थापना भएपछि साहित्यिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो ।
स्मारकको निर्माणको परिकल्पना मन्त्री फुयाँलले गर्नुभएको हो । प्रदेश सरकारबाट आर्थिक वर्ष २०७५/७६ मा रु ४० लाख विनियोजन गरेर शान्ति उद्यान र देवकोटा शालिक निर्माण शुरु गरिएको थियो । आर्थिक वर्ष २०७६/७७ मा रु २९ लाख विनियोजन गरेर बाँकी दुई साहित्यकारको शालिक निर्माण गरिएको हो ।
यसअघि १०९ औँ लक्ष्मी जयन्तीका अवसरमा नेता फुयाँलसहित नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गङ्गाप्रसाद उप्रेती र १०१ साहित्यकारले रु एकका दरले चन्दा दान गरेर तीन जना साहित्यकारको पूर्णकदको अष्टधातुको प्रतिमा निर्माणको शिलान्यास गरिएको थियो ।
स्मारकको निर्माण यही वर्ष सम्पन्न भए पनि कोरोना महामारीका कारणले औपचारिक उद्घाटन नगरिएको फुयाँलले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #कागेश्वरी पुस्तकालयमा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्