९७ लाख रुपैयाँँ नगद चोरी गर्ने एक जना पक्राउ
चितवन । नगद चोरी गर्ने एक जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) नान्तीराज गुरुङ्गका अनुसार भरतपुर महानगरपालिका ९ काँडाघारीमा रहेको एपोलो पेन्टसको कार्यालय भवनको कोठाभित्र रहेको सेफ (लकर) फुटाई ९७ लाख रुपैयाँ चोरी गर्ने कालिका नगरपालिका वर्डा नंम्बर ६ बस्ने वर्ष ४० का कविराज थापालाइ प्रहरीले पक्राउ गरेको हो ।

उनलाइ अस्थायी प्रहरी पोस्ट गोन्द्राङ र जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीको विशेष टोलिले पक्राउ गरेको हो । पक्राउ परेका थापाले आफ्नु कोठाको खाटमुनी झोलाभित्र लुकाइ राखेको ५७ लाख र सोही घरको पर्खाल नजिकै झाडीको प्लाष्टिक बोरा भित्र लुकाएको ४० लाख समेत गरेर ९७ लाख रुपैयाँ समेत प्रहरीले फेला पारेको छ ।

उनको साथबाट हेक्सा ब्लेड, फ्रेम सहित १ थान, फलामको रडबाट बनेको खुर्पी २ थान, पहेंलो / निलो रंगको झोला १ थान सामान समेत बरामद गरेको प्रहरीले जनाएको छ । उनी सोही कार्यालयको सेक्युरिटी गार्डमा कायारर्त रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । पक्राउ परेकामाथि थप चितवन जिल्ला अदालतबाट म्याद थपी अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीको भनाई छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्