तारकेश्वरको प्रशासकीय भवनका लागि जिसस काठमाडौंको १० करोड सहयोग
तारकेश्वर नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि जिसस काठमाडौंले १० करोड सहयोगका लागि सम्झौता भएको छ ।
तारकेश्वर नगरपालिकामा अत्याधुनिक नगर प्रशासनिक भवन ३० महिनाभित्र काम सम्पन्न गर्ने गरी ठेकेदारसँग असोज २९ गते सम्झौता भएको छ ।
तारकेश्वर नगरपालिकाको गौरवको योजना अन्तर्गत १७ करोड लगानीमा प्रशासनिक भवन बन्न लागेको हो । भवन निर्माणको लागि जिल्ला समन्वय समितिबाट ६० प्रतिशत र नपुग ४० प्रतिशत रकम तारकेश्वर नगरपालिकाले व्यहोर्ने शर्तमा भवन निर्माण हुनेछ ।
जिसस काठमाडौंको कार्यालयमा जिसस काठमाडौंका प्रमुख शिबसुन्दर राजवैद्यज्यु र तारकेश्वर नगरपालिका नगरप्रमुख रामेश्वर वोहरा को उपस्थितिमा जिसस काठमाडौंले १० करोड उपलव्ध गराउने सम्झौता गरिएको हो ।।
सो अवसरमा जिसस काठमाडौं उपप्रमुख सरिता दाहाल र तारकेश्वर नगरपालिकाकी उपप्रमुख भवानी डोटेल को पनि उपस्थिति रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वरको प्रशासकीय भवन\
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्