भाइ
पार्बती थापा
भाइ १नाता यो दरिलो मनै र भरिको सुनौलो सप्ना तिमी ।
जन्मेको घर को छ यौटा भरको भाइ उज्यालो तिमी ।
तिमि छौ र यहाँ जमेछ माइती गन्तव्य मेरो पनी।
कुनै दुःखले भेटेन कहिले तिम्रो छहारी मुनी।।
हे आमा पदमा चढाएँ फुल यो भाइ मलाइ दियौ।
मायाँको हारिमा फुलेर फलेको हाँगो एउटै थियौ।।
पुकारी दिदी हे भनेर ठडियो भाइ समिप जब।
किर्ति मा यशमा तिमी सम अरु पुग्दैन आशिष् छ
दुनियाँ जितेरै रमाइ हिंडेछु भाइ छ मेरो भनी।
आशामा गरछु सबै जुनिभरी खुसी भइ रै रनु।।
युगौ युग जिउनु महान बननु हिमाल झै अग्लिनु ।
भुमरी दुःख को पर्यो भने कतै पानी सरी संलनु।।
आउदैन मलाई चाड र पर्ब तिहार तिमी बिना।
गम्केका फुलले तिहार रचना गर्यो गरेन भन।।
फुलाएँ फुल यो बगैचा भरिनै उनेर मालाहरु।
घाँम झै उदाए हे भाइ तिमी है छोडेर काम वरु।।
छेक्नेछु तेलले फुटाइ ओखरु बाधा बडारी कन।
पोख्ने छु रङ त्यो निधार भरकै शोभा बढाइ झन।।
हार्ने छ यम ले बुझेर दिदी को मायाँ र श्रदाहरु।
कोर्नमा दिंदिन काँडाले तिमीलाई सट्टा दिदी छ बरु।।
क्याटेगोरी : समाचार
ट्याग : #पार्बती थापा, #भाइ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्