बालाजुबाट ‘टोले गुण्डा’हरूको ग्याङ पक्राउ
काठमाडौं, २७ कात्तिक । महानगरीय अपराध महाशाखाले काठमाडौंबाट ‘प्रहरीको ईन्स्पेक्टर हुँ’ भनेर मानिस धम्काउने तीन जनालाई पक्राउ गरेको छ ।
बालाजुको माछापोखरी एरियाबाट महाशाखाको टोलीले कात्तिक २५ गते तीन जनालाई पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
पक्राउ पर्नेहरूमा नुवाकोटको तादी–८ घर भई हाल काठमाडौंको तारकेश्वर– ३ बस्ने २३ वर्षीय रमेश तामाङ, दोलखाको मोलुङ ५, डाँडाखर्क घर भई हाल काठमाडौंको बनस्थली ढुंगेधारा बस्दै आएका ३३ वर्षीय तुलबहादुर मगर र नवलपरासीको कावासोती– १२, पिठौली घर भई हाल काठमाडौंको स्वयम्भु बस्दै आएका ३६ वर्षीय गुविराम घले रहेको प्रहरीले जनाएको छ ।
उनीहरूले केही ब्यक्तिले आफूलाई प्रहरीको ईन्स्पेक्टर हुँ भनि धम्की दिई रकम माग गरेर हैरान बनाएका थिए ।
सूचना प्राप्त हुनेवित्तिकै महाशाखाको टोली खटिई अपराधिक क्रियाकलापमा संलग्न रहेका उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ गरेपछि उनीहरूलाई आवश्यक कारबाहिका लागि महानगरीय प्रहरी बृत्त बालाजु पठाइएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्