तिनपिप्लेमा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौ । तारकेश्वर नगरपालिका वडा नं ३ तिनपिप्लेमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
विभिन्न अस्पतालहरुमा फ्रेस ब्लडको अभाव रहेको समस्यालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको आयोजक तिनपिप्ले टोलविकास संस्थाका प्रतिनिधि बासुदेव घिमिरेले साझापाना अनलाइनलाई बताए ।
नेपाल रेडक्रस सोसाईटि बालाजु उपशाखा मार्फत हिमालय हस्पिटल र वि एण्ड वि ट्राभल्स को प्रायोजनमा ४२ जनाले रक्तदान गरेका छन ।
तिनपिप्ले टोलविकास संस्थाले यसअधि पनि विभिन्न किसीमका समाजिक कार्य तथा नागरिकका सरोकारसंग सम्बन्धित विभिन्न किसीमका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।
एक थोपा रगतको कारण पनि मृत्यु शैयामा पुगेको मानिसको जीनव बच्न सक्ने भन्दै रक्तदान जस्तो पवित्र कार्यमा सहभागीहरुलाई प्रमाणपत्र वितरण समेत गरिएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #तिनपिप्लेमा रक्तदान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्