टोखामा भूतखेल सामुदायिक फिटनेस पार्ककोे उद्घाटन
टोखा नगरपालिका–३ भख्यमा (भूतखेल) सामुदायिक फिटनेस पार्ककोे उद्घाटन भएको छ। टोखा नगरपालिकामा शारीरिक व्यायमको कमीले मानिसहरूमा अस्वस्थता बढ्दै गएका बेला नेपाली युथ फिटनेस एन्ड केलिस्थेनिक्स (एनवाईएफसी) र डिभी एजुकेशन नेटवर्कको संयुक्त प्रयासमा फिटनेस पार्कको निर्माण गरिएको हो।
प्रोजेक्ट टेम्पल अभियान अन्तर्गत निर्माण भएको उक्त पार्कको नेपाली कांग्रेसका नेता गगन थापाले शुक्रबार उदघाटन गरे।
पार्कको उद्घाटन गर्दै प्रमुख अतिथि कांग्रेस सांसद गगन थापाले बालबालिकादेखि वृद्ध–वृद्धालाई पनि शारीरिक व्यायमको आवश्यकता रहेको बताए। उनले भने, “नियमित व्यायम गर्नु भनेको आफ्नो स्वास्थ्यको सुरक्षा त हुँदै हो र, एकजना नागरिक स्वस्थ रहनु देशका लागि पनि योगदान हो।”
शारीरिक व्यायामको अभावमा नसर्ने रोग बढ्दै गएको भन्दै थापाले आफू स्वास्थ्यमन्त्री छँदा विद्यालयका विद्यार्थीलाई कम्तीमा एउटा खेलसँग जोडेर उनीहरुमा नियमित व्यायामको बानी पार्ने कार्यक्रम सुरु गर्ने तयारी गरे पनि छोटो अवधिका कारण लागू गर्न नसकिएको बताए।
अभियान अन्तर्गत पहिलो पार्क टोखामा बनाइएको र अन्य यस्तै २० वटा पार्क बौंद ,पोखरा, बुटवल लगायतका सहरमा पनि निर्माण गरिने प्रोजेक्ट टेम्पल अभियानले जनाएको छ।
Tokha Live
क्याटेगोरी : समाचार
ट्याग : #भूतखेल सामुदायिक फिटनेस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्