टोखामा हालसम्म २४०६ जनामा कोरोना
टोखा नगरपालिकामा आइतबार थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टिहुनेमा २१ जना पुरूष र २० जना महिला रहेका छन् ।
टोखा नगर स्वास्थ्य शाखाका अनुसार आइतबार संक्रमण पुष्टिभएका संक्रमितमध्ये वडा नं २ मा १ जना, ३ मा ५ , ४ मा ८, ५ मा ४, ६ मा ३, ७ मा १०, ८ मा ३, १० मा ४, ११ मा १, अन्य ३ जना रहेका छन् ।
आइतबार थप ४१ जना नयाँ संक्रमित थपिएसंगै टोखा नगरपालिकामा कोरोना संक्रमितको संख्या २४०६ जना पुगेको छ । सक्रमित मध्ये ४१३ जना सकृय संक्रमित रहेका छन् । त्यस्तै १९८५ जना निकोभैसकेका छन् ।
नगरपालिकाको संक्रमित खोजपड्ताल तथा सम्पर्क पहिचान (CICT TEAM) टिमले ४१ जना संक्रमितहरूको सम्पर्क पहिचान गरिएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।
त्यस्तै टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र नगर आइसोलेसनबाट १ जना डिस्चार्ज र १ जना नयाँ भर्ना भएका छन् ।भने हाल ३ जना संक्रमितहरू रहेको उप प्रमुख ज्ञानमाया डंगोलले बताएकी छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #टोखा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्