स्वास्थ्य सेवा विभागमा १९१ जनालाई सरकारी जागिरको अवसर
काठमाडौं, २० कात्तिक । १९१ जनालाई सरकारी जागिरको अवसर खुला भएको छ ।
स्वास्थ्य सेवा विभागले बिहीबार एक सूचना प्रकाशित गरेर १९१ जनालाई ३ महिनासम्मका लागि विभिन्न पदमा आवेदन माग गरेको छ ।
विभागले ७ वटै प्रदेशमा कोरोनासम्बन्धी कन्ट्रयाक्ट ट्रेसिंगलगायतको काम गर्नका लागि भन्दै विभागले कर्मचारी दरखास्त आह्वान गरेको हो ।
कोरोना महामारी व्यवस्थापनमा थप सहयोग पुर्याउन गत भदौ ३१ को निर्णयअनुसार कर्मचारी राख्न लागिएको सूचनामा उल्लेख छ ।
सूचना अनुसार बिरामी प्रोफाइल, प्रयोगशाला सम्बन्धी तथ्यांक व्यवस्थित गर्न स्वास्थ्य सेवा विभाग, महाशाखा, प्रदेश स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालयलगायतमा काम गर्न तीन महिना अवधिका लागि कर्मचारीहरू राख्न लागिएको हो ।
१८ वर्ष पुगेका र ४० वर्ष ननाघेका नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र https://dohs.gov.np/ मा उपलब्ध रहेको दरखास्त फारम भर्न सक्ने बताइएको छ ।
विभागले सीआइसीटी सहजकर्ता, अस्पताल विमारी सूचना संयोजक, प्रयोगशाला सूचना व्यवस्थापन सहजकर्ता, सूचना समायोजन तथा विश्लेषण सहजकर्तालगायत पदमा दरखास्त आह्वान गरेको हो ।
हेर्नुहोस् सूचना–

क्याटेगोरी : समाचार
ट्याग : #hot, #स्वास्थ्य सेवा विभाग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्