Techie IT
आईतबार, माघ १३,२०८१

स्वास्थ्य सेवा विभागमा १९१ जनालाई सरकारी जागिरको अवसर


काठमाडौं, २० कात्तिक । १९१ जनालाई सरकारी जागिरको अवसर खुला भएको छ ।

स्वास्थ्य सेवा विभागले बिहीबार एक सूचना प्रकाशित गरेर १९१ जनालाई ३ महिनासम्मका लागि विभिन्न पदमा आवेदन माग गरेको छ ।

विभागले ७ वटै प्रदेशमा कोरोनासम्बन्धी कन्ट्रयाक्ट ट्रेसिंगलगायतको काम गर्नका लागि भन्दै विभागले कर्मचारी दरखास्त आह्वान गरेको हो ।

कोरोना महामारी व्यवस्थापनमा थप सहयोग पुर्‍याउन गत भदौ ३१ को निर्णयअनुसार कर्मचारी राख्न लागिएको सूचनामा उल्लेख छ ।

सूचना अनुसार बिरामी प्रोफाइल, प्रयोगशाला सम्बन्धी तथ्यांक व्यवस्थित गर्न स्वास्थ्य सेवा विभाग, महाशाखा, प्रदेश स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालयलगायतमा काम गर्न तीन महिना अवधिका लागि कर्मचारीहरू राख्न लागिएको हो ।

१८ वर्ष पुगेका र ४० वर्ष ननाघेका नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र https://dohs.gov.np/ मा उपलब्ध रहेको दरखास्त फारम भर्न सक्ने बताइएको छ ।

विभागले सीआइसीटी सहजकर्ता, अस्पताल विमारी सूचना संयोजक, प्रयोगशाला सूचना व्यवस्थापन सहजकर्ता, सूचना समायोजन तथा विश्लेषण सहजकर्तालगायत पदमा दरखास्त आह्वान गरेको हो ।

हेर्नुहोस् सूचना–


क्याटेगोरी : समाचार
ट्याग : #hot, #स्वास्थ्य सेवा विभाग


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Haze
6:51 am5:40 pm +0545