प्रचण्डकोकारण मन्त्रिपरिषद पुनर्गठन हुन नसकेको खुलासा
काठमाडौँ, १९ कात्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्दा मन्त्रिपरिषद पुनर्गठन हुन नसकेको खुलासा भएको छ ।
पार्टीको स्थायी कमिटी बैठकले मन्त्रिपरिषद पुनर्गठनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाटो खुला गरेको थियो ।
प्रधानमन्त्री ओलीले पार्टीको सचिवालय बैठकमै दुई वर्ष पूरा गरेका मन्त्रीहरुलाई हटाउने र नयाँ ल्याउने योजनाबारे सुनाएका थिए ।
दुई वर्षे कार्यकाल पुरा गरेकामध्ये केहीलाई निरन्तरता दिने पक्षमा प्रधानमन्त्री रहनु भएको थियो । दुई वर्षे कार्यकाल पुरा गर्नेमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, भूमिसुधारमन्त्री पद्मा ज्ञवाली, खानेपानीमन्त्री बिना मगर, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्तिबहादुर बस्नेत, खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)रहनु भएको छ ।
अध्यक्ष पुष्पकमल दाहालले भने आफ्नी बुहारी खानेपानी मन्त्री बिना मगरलाई विदा गर्नेबारे कुनै सहमति नदिएको बताइएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले एउटैलाई धेरै समयसम्म मन्त्री बनाउँदा नयाँले अवसर नपाउने बताउँदै मन्त्री मगरको स्थानमा प्रचण्डसँग नाम मागेका बताइएको छ । यद्यपि प्रचण्डले नाम नदिन सक्ने भएपछि
केही नेताका अनुसार प्रचण्डले नयाँ मन्त्रीको नाम नदिएको लामो समय भएपछि प्रधानमन्त्री ओलीले तिहारपछि मन्त्रिपरिषद पुनर्गठन गर्नेगरी ल्याएको नाममा पनि प्रचण्डले असन्तुष्टि व्यक्त गरेका छन् ।
केही निकट नेताहरुले केवल टार्गेट गरेर बसिरहने बानीका कारण पुनर्गठन हुन नसकेको दावी गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #न्त्रिपरिषद पुनर्गठन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्