तारकेश्वर जंगलको हाइकिङ्गमा रमाउदै दुई मेयर
काठमाडौ । काठमाडौ महानगरपालिकाका मेयर बिध्या सुन्दर शाक्य तारकेश्वर धाम अवलोकन गरेका छन । तारकेश्वर नगरपालिकाको वडा नं २ स्थित काभ्रेस्थली शिवपुरी खण्डमा अवस्थित यो धाम सुन्दर, शान्त र हरियाली शिवपुरी निकुञ्जभित्र छ ।
पाँचमाने देखी ऐतीहाँसीक तारकेश्वर मन्दिर जाने सडकमा अहिले धमाधम पक्की खुड्कीला , बिश्राम स्थल , भ्यूटावर बन्दै छ । धार्मीक एवं पर्यटीय गन्तब्यको रुपमा समेत परिचित यो धामको ब्यवस्थापनका लागी काठमाडौ महानगरपालिकाको तर्फबाट एक करोड र तारकेश्वर नगरपालिकाबाट एक करोड गरि दूई करोड लागतमा निमार्ण कार्य भैरहेको अवलोकन गर्ने महानगरका मेयर बिध्या सुन्दर शाक्य संगै उपमेयर हरिप्रभा खड्की , प्रमुख कार्यकारी अधिकृत , तारकेश्वरका मेयर रामेश्वर बोहरा , कार्यकारी अधिकृत शिव लम्साल लगायत जनप्रतिनिधिहरुले अनुगमन गरेका छन ।
महानगरका मेयर शाक्यले वनजङ्गलको शितलता सँगै चराचुरूङ्गीको आनन्दमयी आवाज सुन्न सुन्दर, शान्त र हरियालीका लागी तारकेश्वर धाम काठमाडौ नजिकको उपयुक्त गन्तब्य रहेको बताए ।
यसको समग्र बिकाशका लागी महानगरले पनि सहकार्य गर्ने मेयर शाक्यको भनाई छ ।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्