महासंघले तिहारअघि नै सशक्त आन्दोलन थाल्ने
नेपाल पत्रकार महासंघ, श्रमजीवी हित प्रवर्द्धन समितिले कोरोना महामारी पछि उत्पन्न श्रमजीवि पत्रकारहरुले भोगिरहेको श्रम समस्या सम्बोधनका लागि भएका आन्दोलनहरुको समीक्षा गरेको छ ।
महासंघका अध्यक्ष गोविन्द आचार्यको उपस्थितिमा समितिको आज बसेको बैठकले हालसम्मका आन्दोलन उपलब्धीमूलक देखिएकाले बाँकी समस्या सम्बोधनका लागि थप दवावमूलक आन्दोलन गर्ने निर्णय गरेको छ ।
तिहारअघि नै सञ्चारगृह केन्द्रीत आन्दोलनको मिति र स्वरुप तय गर्न समितिले समस्याग्रस्त सञ्चागृहमा रहेका महासंघका शाखा तथा पीडीत पत्रकारहरुसँग तत्कालै छलफल गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकलाई सम्बोधन गर्दै महासंघ अध्यक्ष आचार्यले कोभिड–१९ पछि ३३० जना श्रमजीवी पत्रकारको रोजगारी खोसिएको, फोर्सड् लीभमा राखिएको, तलब कटौती गरिएको लगायतका उजुरी दिएकामा हालसम्म २९० जनाको समस्या सम्बोधन गरिएको जानकारी दिए । बाँकी १५ जनाको पनि कानूनी लडाई जारी रहेको बताए ।
महासंघ सचिव तथा समिति संयोजक रामप्रसाद दाहालले अब महासंघको आग्रह अटेर गरी श्रमजीवि पत्रकारको जायज माग सम्बोधन नगर्ने सञ्चारगृहहरुमा तिहारअघि नै महासंघले सशक्त आन्दोलन थाल्ने बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #महासंघले तिहारअघि नै सशक्त आन्दोलन थाल्ने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्