यस कारण फुट्ने छैन नेकपा
काठमाडौं, १७ कात्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवादले पार्टी फुटमा जाने सम्भावना नरहेको नेताहरूले बताउन थालेका छन् ।
नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली निकट मानिने नेता गोकुलप्रसाद बास्कोटाले बाहिर आएका कुराहरूले पार्टी विभाजन नहुने दाबी गरे । उनले सिद्धान्त र संगठनात्मक प्रणालीसहित संकट रहेमा मात्रै पार्टी फुट्ने सम्भावना रहनेभन्दै अहिले को विषयले पार्टी फुटको सम्भाना नरहेको उल्लेख गरे ।
‘सिद्धान्त र संगठनात्मक प्रणालीसहितको संकट उत्पन्न भएको भए पो सङ्कट मान्नु लेनदेनको ब्यापारिक स्वार्थमा अडेको एकता अर्काे सम्झौतापछि समाधान भैहाल्छ नि । बेकारको हल्ला’, नेकपाका नेता बास्कोटाले ट्वीट गर्दै भनेका छन् ।
नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालले सोमबार खुमलटारमा सचिवालयका सदस्यहरूलाई बोलाएर बैठक समेत राखेका थिए । त्यो बैठकमा दाहालले प्रधानमन्त्री ओलीले पार्टी विभाजनको प्रस्ताव राखेको भनेर समाचार बाहिरिएका थिए ।
ती समाचार बाहिर आइरहँदा ओली निकट मानिने बास्कोटाले पार्टी फुटको हल्लाको पछाडि नलाग्न ट्वीटमार्फत अनुरोध गरेका थिए ।
कर्णाली प्रदेशको विवादपछि नेकपामा अलिक धेरै समस्या देखिएको छ । भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामान्त गोयललाई भेटेको विषयले पनि नेकपाभित्र विवाद भएको थियो ।
दाहालले खुमलटारमा आफू निकटका नेताहरूलाई बोलाएर परामर्शहरू गरेपछि ओली पनि बालुवाटारमा आफू निकटका नेताहरूसँग सोमबार मध्यरातिसम्म सम्वादहरू गरेको स्रोतले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्