भोजपुर र संखुवासभाका ६ वटा सामुदायिक विद्यालयलाई राष्टिय वाणिज्य बैक द्वारा २० वटा कम्प्युटर हस्तान्तरण
संखुवासभा— राष्टिय वाणिज्य बैकले भोजपुर र संखुवासभाका ६ वटा सामुदायिक विद्यालयलाई २० वटा कम्प्युटर हस्तान्तरण गरेको छ । भोजपुरको साल्पासिलिछो गाउँपालिकाका ५ र संखुवासभाको खाँदबारी नगरपालिकाको एउटा विद्यालयलाई कम्युटर हस्तान्तरण गरिएको हो । बैकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तगत यी विद्यालयलाई कम्प्युटर वितरण गरेको ब्रान्च अपरेसन डिपार्टका प्रतिनिधि जितेन्द्र राईले बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य, सहायक प्रमुख जिल्ला अधिकारी मोहणमणी घिमिरे, राष्टिय वाणिज्य बैक ब्रान्च अपरेसन डिपार्टका प्रतिनिधि जितेन्द्र राईले विद्यालयलाई शनिबार कम्प्युटर हस्तान्तरण गर्नुभएको हो । 
राष्टिय वाणिज्य बैक खाँदबारी शाखाका प्रवन्धक अनिश रायमाझीका अनुसार भोजपुरको जालपा माबि चौकीडाडा, जालपा आधारभूत विद्यालय, हिमालय आधारभूत विद्यालय, आईतबारे आधारभुत विद्यालय र जयकला आधारभूत विद्यालय र संखुवासभाको खाँदबारीमा रहेको सिंहेवी आधारभूत विद्यालय माल्टालाई कम्प्युटर हस्तान्तरण गरिएको हो ।

क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रिय बाणिज्य बैक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्