पशुपतिनाथ मन्दिरका भण्डारी पक्राउ
काठमाडौं, कात्तिक १२ । पशुपतिनाथ मन्दिरका भण्डारी केदारनाथ भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले पशुपतिनाथ सेवक संघका अध्यक्षसमेत रहनुभएका पशुपतिनाथ मन्दिरका तालुकवाला भण्डारी केदारनाथलाई प्रकाउ गरेको हो । भण्डारीलाई गुहेश्वरी मन्दिर परिसरबाट आज साइबर क्राइमको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । भण्डारीले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापालाई सामाजिक संजालमा गालीगलौज गर्नुका साथै फेसबुकमा थापाको फोटोमा कालोमोसो दलेको पाइएपछि प्रहरीले पक्राउ गरेको हो ।
गुहेश्वरी मन्दिरको गर्भगृहमा रहेका अष्टदल र भैरवको सुनको मूर्ति २० वर्षको अवधिमा २ किलो भन्दा बढी खिइएको समाचार प्रकाशित भएपछि भण्डारीले थापाविरुद्ध बोलेको भिडियो सामाजिक संजालमा पोस्ट गर्नुभएको थियो । सामाजिक सञ्जालमा जथाभावी गालीगलौज गरेपछि प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पशुपतिनाथ मन्दिरका भण्डारी पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्