Techie IT
बुधबार, चैत्र १२,२०८१

किन झर्छ कोरोना संक्रमितको कपाल ?


एजेन्सी । कोरोना संक्रमणबारे विभिन्न नयाँ अध्ययनहरु बाहिर आइरहेका छन् । नयाँ खोजहरु पनि उत्तिकै भइराखेका छन् । कोरोना संक्रमणको लक्षणहरु फरकफरक किसिमका हुने गरेका छन् ।

 

कसैलाई ज्वोरो, कसैलाई खोकी, कसैलाई रुधाखोकी ।

 

कसैलाई सुध्ने क्षमतामा कम आउनु, कतिले स्वाद नै थाहा नपाउनु रहेका छन् । पछिल्लो अध्ययन अनुसार कोरोना संक्रमितको कपाल झर्ने समस्या पनि हुने गरेको तथ्य बाहिर आएको छ ।

 

नयाँ अध्ययनका अनुसार कोरोना संक्रमितको कपाल तीब्र रुपमा झर्ने समस्या पनि देखिएको बताइएको छ ।

 

यो अध्ययन इण्डियाना यूनिभर्सिटीका प्रोफेसर डाक्क्टर नताली लाम्बर्टको टीलीले १५०० जनामा सर्वे गरेको थियो ।

 

कोरोना संक्रमण भएपछि पनि लामो समयसम्म मानिसमा कोरोना भाइरस रहिरहने अध्ययनले देखाएको थियो ।

 

यही क्रमका बीचमा कपाल पनि उत्तिकै झर्ने अध्ययनले देखाएको छ । २५ लक्षणमध्ये एक कपाल झर्ने समेत भएको बताइएको छ ।

 

एक्सपर्ट्सका अनुसार कोरोना संक्रमित तनाव हुने गर्छ जसलाई टेलोजेन एफ्लुवियम भनिन्छ । टेलोजेन एफ्लुवियममा कुनै बिरामी वा तनावका कारण केही समयका लागि तीब्र रुपमा कपाल झर्ने गर्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #किन झर्छ कोरोना संक्रमितको कपाल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
14°
Mist
5:59 am6:19 pm +0545