शिवम डेभलपर्स र एभरेस्ट पस्मिनाको सहयोगमा २ सय ५० घर परिवारलाई राहत वितरण
ललितपुर, ०६ कार्तिक ( शिवम डेभलपर्स र एभरेस्ट पस्मिनाको सहयोगमा ललितपुरको गोदावरी नगरपालिका (१३ का २ सय ५० घर परिवारलाई राहत वितरण गरिएको छ । विहिवार वडा स्थित दुई स्थानबाट राहत स्वरुप प्रति परिवार चामल एक बोरा, तेल एक पाकेट, नुन एक प्याकेट, चिउरा एक किलो, दाल एक केजी र साबुन वितरण गरियो । गोदावरी नगरपालिका १३ नम्बर वडाको समन्वयमा सो राहत वितरण गरिएको हो ।
उक्त राहत सामाग्री वडाध्यक्ष भाष्कर थापाले वितरण गरेका थिए । राहत वितरण पूर्व घरदैलो गरेर नामावली संकलन गरिएको थियो । कोही पनि भोकै बस्न नपरोस् भन्ने उदेश्यका साथ चाडबाडलाई लक्षित गरि खाद्य सामाग्री वितरण गरेको वडाध्यक्ष थापाले बताए ।
राहत वितरण स्थलबाटै स्थानियहरुलाई निशुल्क मास्क वितरण गरिएको थियो । यस अघि सोही कार्यक्रम माझ स्थानिय युवा उद्धव थापाले वडाध्यक्ष थापालाई एक हजार पिस माक्स हस्तान्तरण गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #एभरेस्ट पस्मिना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्