राम मन्दिर यूवा क्लवद्वारा निम्न आय भएका लिखु १ का ४० परिवारलाई राहत वितरण
नुवाकोट । लिखु गाउँपालिका १ नुवाकोटमा राम मन्दिर यूवा क्लवद्वारा राहत वितरण गरेको छ । लिखु १ का निम्न आय भएका ४० घर परिवारलाई राहत वितरण गरेको छ । राहत सामाग्रीमा २५ किलो जिरा मसिनो चामल, २ किलो दाल, १ किलो केराउ, १ किलो चिनी, १ लिटर तेल, १ प्याकेट चियापत्ती, १ पिस लगा धुने साबुन र १ पिस नुहाउने साबुन रहेको छ । राहत संकलनका लागि राम मन्दिर यूवा क्लवले १ महिनादेखि खटिएर लागेको थियो ।
राहत वितरण कार्यक्रमको प्रमुख अतिथिमा लिखु गाउँपालिकाको अध्यक्ष धुर्व श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष धुर्व श्रेष्ठले गाउँपालिकाभित्र पहिलोपटक यूवाहरु मिलेर चाडपर्वको बेला निम्न आय भएकाहरूलाई राहत वितरण गर्ने काम गरेकोमा यूवा क्लवलाई धन्यवाद प्रकट गरेका थिए । श्रेष्ठले आगामी दिनमा क्लवले गर्ने हरेक कार्यक्रमका लागि गाउँपालिका सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।
बुधबार दिउँसो राम मन्दिर प्राङ्गणमा आयोजित कार्यक्रमको सभापतिमा राम मन्दिर यूवा क्लवको अध्यक्ष धुर्व गजुरेल थिए । अतिथिहरूमा लिखु १ का वडा अध्यक्ष नरहरि पाण्डे, लिखु ६ का वडा अध्यक्ष हरिशरण लामिछाने, समाजसेवी पूर्णलाल श्रेष्ठ, सामाजिक अभियान्ता बिनोद पाठक, सामाजिक अभियान्ता भिम ढकाल, गाउँपालिकाको योजना अधिकृत रामचन्द्र लामिछाने र नारायणदेवि माध्यमिक विद्यालयका प्रअ हरिप्रसाद लामिछाने लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित अतिथिहरूले बडा दशैं तथा शुभ दिपावलीको शुभकामना मन्तव्य राख्दै राम मन्दिर यूवा क्लवले गर्ने हरेक कार्यक्रमका लागि आफुहरुले सक्दो आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
संस्थाको उपाध्यक्ष सुरेस लामिछानेले क्लवको पहलमा संकलन गरिएको आर्थिक विवरण र खर्च विवरण प्रस्तुत गरेका थिए । त्यस्तै संस्थाका सचिव रोशन लामिछानेले स्वागत मन्तव्य राखेका थिए । अन्तिममा अतिथिहरु र उपस्थित सबैलाई क्लवका सदस्य इश्वर लामिछानेले धन्यवाद मन्तव्य राख्नु भएको थियो ।




क्याटेगोरी : समाचार
ट्याग : #लिखु गाउँपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्