दशैँ–तिहार मनाउन तारकेश्वर नगरपालिको यस्तो मापदण्ड
काठमाडौं । तारकेश्वर नगरपालिको नजिकिँदै गएको दशैँ–तिहारलाई लक्षित गरेर चाडपर्व मनाउँदा सावधानी अपनाउन नगरबासीमा अनुरोध गरेको छ । अहिले काठमाडौं उपत्यकामा सबैभन्दा बढि कोरोनाकाृ संक्रमण देखिएको अवस्थामा तारकेश्वर नगरपालिकाभित्र पनि कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै गइरहेको छ । कोरोना बढिरहेपनि नेपाली हिन्दूहरुको महान चाडपर्व दशैं–तिहारको संघारमा आइपुगेको छ ।
नगरपालिकाले नगरबासीलाई चाडपर्व बनाउँदा सजगता, सावधानीपूर्वक मनाउन अनुरोध गरेको छ । घरमै बसेर सरसफाईमा ध्यान दिँदै स्वास्थ्य सामाग्री प्रयोग गर्न अनुरोध गरेको छ ।
तारकेश्वर नगरपालिकाले चाडपर्व मनाउँदा निम्नानुसारको सावधान अपनाऊ नगरबासीमा अनुरोध गरेको छ ।
– म कोभिड–१९ बाट सुरक्षित छु, अरु सबै संक्रमित हुन पनि सक्छन् भन्ने कुरालाई आत्मसात गरी सजगता अपनाऊ ।
– म संक्रमित छु, अरु सबै संक्रमित छैनन् भन्ने सोचेर सो अनुसार सजगता अपनाएर अरुलाई रोग सर्न नदिऔँ ।
– घरबाट बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गरौं ।
– साबुन पानीले नियमित हात धोऔँ । साबुन पानीको प्रयोग गर्न नसकिने अवस्थामा सेनिटाइजर प्रयोग गरौं ।
– सामाजिक दूरी कायम गरौं ।
– यो वर्ष नियमीत घरपरिवारमा बसोबास गरिरहेका परिवारका सदस्यहरू मात्र भएर रमाइलो गरी चाडपर्व मनाऔं ।
– विगतको जस्तो उल्लासमय रुपमा होइन, महामारीका बेला अपनाउनुपर्ने सर्तकतामा ध्यान दिई चाडपर्व मनाऔं ।
– यो विषम परिस्थितिमा आफ्ना नातेदारलाई घरमा नबोलाऔं, आफु पनि नातेदारलाई भेटन नजाऔं ।
– चाडवाड मनाउने नाममा अनावश्यक विकृति नभित्राऔं ।
– बडा दशैँ बुढापाकासँग आर्शिवाद लिने चाड भएकाले कतै आर्शिवाद लिने नाममा आफ्ना मान्यजनलाई कोरोना संक्रमित त बनाई रहेका छैनौं ः विचार गरौं ।
– परिवेश अनुसार संस्कृति एवं परम्परालाई स्वास्थ्य मैत्री बनाई चाडपर्व मनाऔं ।
– बालबालिका तथा वृद्धवृद्धामा कोरोना भाइरस संक्रमणको अधिक सम्भावना भएकोले सकभर घर बाहिर ननिस्कऔं ।

क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर नगरपालिको यस्तो मापदण्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्