अब कोरोना संक्रमितको उपचार आफ्नै खर्चमा
अब सरकारी अस्पतालले पनि कोरोना सङ्क्रमितबाट उपचार खर्च असुल्ने
काठमाण्डाै – सरकारले आइतबारदेखि अस्पताल भर्ना भएका कोरोना सङ्क्रमितबाट उपचार खर्च असुल्ने भएको छ । स्वास्थ्य मन्त्रालयको निर्णयअनुसार आइतबारदेखि सबै सरकारी तथा निजी अस्पतालमा कोरोना परीक्षण तथा उपचारका लागि शुल्क लिन थालेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
आर्थिक रुपले विपन्न, असहाय, अशक्त, अति अपाङ्ग, ज्येष्ठ नागरिक, कोरोनाविरुद्ध अग्रपङ्क्तिमा काम गर्नेहरु, सरसफाइकर्मी र सुरक्षाकर्मीमा लक्षण देखिएमा परीक्षण र उपचार निःशुल्क गर्ने तर उनीहरुले बीमा गरेको भएमा बीमाबाट परीक्षण तथा उपचार खर्च कटाउने पनि मन्त्रालयले जनाएको छ । यस्तै सरकारले कोरोना सङ्क्रमितको उपचारमा प्रयोग हुने रेम्डेसिभिर औषधि सबै कोभिड अस्पताल तथा कोरोनाको उपचार गर्ने सूचीकृत अस्पतालको फार्मेसीबाट किन्न सक्ने व्यवस्था गरेको जनाएको छ ।
यसैगरी यसअघि निजी तथा सामुदायिक अस्पतालले ५० प्रतिशत र मेडिकल कलेजले ३३ प्रतिशत शय्या कोरोना सङ्क्रमितको उपचारको लागि छुट्याउनुपर्ने व्यवस्था रहेकोमा अब सबै अस्पतालले ५० प्रतिशत शय्या कोरोना सङ्क्रमितको उपचारको लागि छुट्ट्याउनुपर्ने व्यवस्था गरेको छ । यस्तै यसअघि लक्षण हराएका सङ्क्रमितको १० दिनमा पीसीआर परीक्षण गरेर वा १४ दिनमा त्यत्तिकै डिस्चार्ज गर्ने गरेकोमा अब लक्षण हराएका सङ्क्रमितहरुलाई सङ्क्रमण पुष्टि भएको १० औँ दिनमा डिस्चार्ज गर्ने भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । यसरी डिस्चार्ज भएकाहरु सात दिन अनिवार्य होम आइसोलेशनमा बस्नुपर्ने उहाँले बताउनुभयो ।
अन्तिम अपडेट: कात्तिक २, २०७७
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : ##कोभिड१९, #breaking, #corona, #corona update, #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्