खाँदबारीका कृषकलाई अनुदानमा ‘हाते ट्याक्टर’
खाँदबारी २ कार्तिक –
संखुवासभाको खाँदबारी नगरपालिकाले अनुदानमा कृषकलाई २८ वटा हाते ट्याक्टर (मिनि पावर टिलर) वितरण गरेको छ । ५० प्रतिशत अनुदानमा कृषकहरुलाई हाते ट्याक्टर बितरण गरिएको हो । २८ वटा ट्याक्टर कृषक समुह र व्यवसायिक कृषकलाई बितरण गरिएको प्रमुख मुरारीप्रसाख खतिवडाले बताउनुभयो । शुक्रबार नगरपालिकाकाले कृषकलाई हाते ट्याक्टर हस्तान्तरण गरेको हो । प्रमुख खतिवडा, उपप्रमुख डेगेश्वरी श्रेष्ठले ट्याक्टर हस्तान्तरण गर्नुभयो । यसले कृषकलाई धेरै सहज बनाएको छ, नगरप्रमुख खतिवडाले भन्नुभयो, नगरका ११ वटै वडाका कृषकलाई लक्षित गरेर बितरण गरिएको हो । यस अघि ४९ वटा बितरण भइसकेको थियो, खतिवडाले भन्नुभयो, कृषकको माग आए अझै ट्याक्टर उपलव्ध गराउने छौ ।

पछिल्लो समय कृषकहरुले हाते ट्याक्टरको माग गरेपछि संख्या थपेर बितरण गरिएको आर्थिक बिकास समितिका प्रमुख दिनेश कट्टेलले बताउनुभयो । धेरै कृषकको रोजाईमा हाते ट्याक्टर परेकोले हरेक आर्थिक बर्षमा यसको संख्या बढाउँदै जाने छौ, कट्टेलले भन्नुभयो, अर्को बर्षदेखि कृषकको संख्या बढ्ने छ ।
अधिकांस युवाहरु रोजगारीका क्रममा गाउँबाट हिडेकाले काम गर्ने पाउन समस्या छ । त्यसको साथै गाउँघरमा गोरु र हली पाउन गाह्रो भएको छ, हाते ट्याक्टर प्रयोग गर्दे आउनुभएका खाँदबारी २ चेवाका कृषक रामकृष्ण श्रेष्ठले भन्नुभयो, हातेट्याक्टर अनुदानमा पाएपछि कृषकमा यो समस्या हटेको छ । गोरु र हली पाईहाले पनि महँगो ज्याला दिनुपर्थियो, श्रेष्ठले भन्नुभयो, सस्तो पनि पर्ने, यसको प्रयोगले थोरै जनशक्तिले धेरै काम गर्न सकिन्छ । यसको बजार मुल्य ६३ हजार २ सय पचास पर्छ । खाँदबारी नगरपालिका कृषि शाखाले किसानसंग ५० प्रतिशत अनुदान अर्थात ३१ हजार छ सय पच्चीस रुपैयामा बितरण गरेको हो । यसले एक लिटर डिजेलमा तीन घन्टासम्म खेत र बारी जोत्न सकिने श्रेष्ठले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #खाँदबारी नगरपालिका, #मुरारीप्रशाद खतिवडा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्