काठमाडौं उपत्यकामा मात्रै ५३ हजार कोरोना संक्रमित
काठमाडौं उपत्यकामा मात्रै कोरोना संक्रमितको संख्या ५३ हजार नाघेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार संक्रमितको संख्या ५३ हजार ६ सय ८६ पुगेको हो।
तीमध्ये पनि काठमाडौं जिल्लाका मात्रै ४३ हजार ३०६ जना छन्। यसैगरी ललितपुरमा ६ हजार ९० र भक्तपुरमा ४ हजार २९० जना संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा छ।
संक्रमितमध्ये हालसम्म २५ हजार ९७४ जना निको भएका छन् भने १ सय ५६ जनाको मृत्यु भएको छ।
मन्त्रालयका अनुसार हाल काठमाडौंमा १७ हजार १७६ सक्रिय संक्रमित छन्।
यस्तै ललितपुरमा संक्रमितमध्ये ३ हजार ३५० जना निको भएका छन् भने ४७ जनाको मृत्यु भएको छ।
ललितपुरमा अहिले सक्रिय संक्रमित २ हजार ६९३ जना छन्।
मन्त्रालयका अनुसार भक्तपुरमा संक्रमितमध्ये ३ हजार ३७ जना निको भइसकेका छन् भने ३९ जनाको मृत्यु भएको छ।
हाल भक्तपुरमा १ हजार २१४ जना सक्रिय संक्रमित छन्।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोरोना संक्रमित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्