एतिहाँसीक साङ्गला पोखरीको मेयरले गरे उद्घाटन
साङ्गला काठमाडौ । तारकेश्वर नगरपालीका वडा नं १ साङ्गला पोखरीको उद्घाटन भएको छ । नगरपालिकाको ४२ लाख बजेटमा निमार्ण भएको सो पोखरीको रिवन काटेर उद्घाटन मेयर रामेश्वर बोहोराले गरेका हुन ।
कार्यक्रमममा नगरपालिकाकी उपर मेयर भवानी डोटेल , प्रमुख कार्यकारी अधिकृत शिव लम्साल , वडा अध्यक्ष बिदुर सापकोटा , नेकपा वडा नं १ का अध्यक्ष गोपाल सापकोटा , सचिव राजन बिडारी , नेपाली काग्रेसका सभापति अमर तामाङ्ग , नेता रमेशमान सिंह कुवँर , राप्रपाका तर्फबाट श्याम देवकोटा लगायत शिक्षकहरुको उपस्थीत रहेको थियो ।
बढ्दो कोरोना महामारीबाट सजक हुँदै अयोजना गरीएको यो कार्यक्रमका प्रमुख अतिथि रामेश्वर बोहोराले दिगो बिकाशका लक्ष्य अनुरुप नगरपालिकाको समग्र बिकाश तिब्र गतिमा भैरहेको बताए । अहिले बिभिन्न स्थानमा कालोपत्रे , ढलान , चौडाई हुनुका साथै बिधालय निमार्ण , पोखरी निमार्णका कार्यहरु भैराखेको मेयर बोहोराले बताए ।
संस्कृति संरक्षणलाई नगरपालिकाले बिषेश प्राथमिकतालाई राखी साङ्गला पोखरीनिमार्ण गरिएको उनको भनाई थियो ।
बिहानीचोक मालुङ्ग सडकलाई ५० लाख , फुटुङ्ग सडमा ६ करोड , छाप सडकलाई १ करोड
सोही अवसरमा मेयर बोहोराले सबैभन्दा ठुलो भूगोल रहेको साङ्गलालाई प्राथमिकता राखेको बताए । जसअनुरुप मालुङ्ग सडकलाई ५० लाख , फुटुङ्ग सडमा ६ करोड , छाप सडकलाई १ करोड रुपैया बजेट बिनियोजन भएको बताए ।
बाँकी रहेको सडक निमार्ण कार्यलाई १ बर्षभित्र सम्पन्न गर्ने उनको भनाई छ ।
साङ्गला पोखरीको डिजाइन स्थानिय युवा ईन्जीनियर बिक्रम श्रेष्ठले गरेका हुन ।



क्याटेगोरी : समाचार
ट्याग : #साङ्गलापोखरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्