संखुवासभाका १ जना कोरोना संक्रमितको घरमै मृत्यु
संखुवासभामा पहिलो पटक कोरोना संक्रमितको घरैमा मृत्यू भएको छ । धर्मदेवि नगरपालिकाका–३ का ७९ वर्षिय वृद्धको शनिबार मृत्यु भएको स्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ ।
कोरोना कारण पारथमणी पौडेलको मृत्यू भएको स्वास्थ्य प्रमुख रमेश बाह्रकोटीले जानकारी दिए । बिराटनगरबाट घर फर्किएका उनका छोरालाई संक्रमण देखिएपछि बुबाको पनि गत असोज २८ गते पिसिआर परिक्षणका लागि पठाएकाे थियो । विहिबार आएको रिर्पोटमा पौडेलको रिर्पोट पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । पौडेललाई संक्रमण देखिए पछि एम्वुलेन्स उनको घरमा गएपनि उनि आइसोलेसनमा जानमानेका थिएनन् । आइसुलेसनमा नगएका पौडेलको घरमै मृत्यू भएको हो । जिल्लामा हालसम्म १ सय १५ जना कोरोना संक्रमण देखिएको छ । हाल सम्म ८१ जना निको भएर घर फर्किसकेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : ##कोभिड१९, #corona update, #hot, #कोरोना पुष्टि, #कोरोना भाइरस, #कोरोना संक्रमण, #कोरोना संक्रमित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्