तारकेश्वरमा एकैदिन ७० जनामा कोरोना , संक्रमितको संख्या १०२१ पुग्यो
तारकेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या १०२१ पुगेको छ । तारकेश्वर नगर स्वास्थ्य साखाकोअनुसार जसमा ४३८ महिला र ५८३ पुरुष रहेका छन् । निको हुनेहरुको संख्या १५५ महिला र १९४ पुरुष गरी ३४९ जना रहेका छन् । अहिलेसम्म ६ जनाको मृत्यु भएको छ । संक्रिय संक्रमितको संख्या महिला २८१ र पुरुष ३८६ जना गरी ६६७ जना पुगेका छन् ।
तारकेश्वर नगरपालिकामा २८७७ जनाको आजसम्म पिसिआर परिक्षण भइसकेको छ । तारकेश्वर नगरपालिकामा ६१८ जना होम आइसोलेसनमा बसेका छन् । अस्पतालको आइसोलेसनमा ३१ जना रहेका छन् । कोभिड सेन्टरमा १० जना रहेका छन् । होटल आइसोलेसनमा ६ जना र २ जना अफिस आइसोलेसनमा रहेका छन् । तारकेश्वरमा कन्ट्याक ट्रेसिङबाट ४५८ जनामा पिसिआर पोजेटिभ देखिएको थियो ।
तारकेश्वर १ मा कोरोना संक्रमितको संख्या १९ जना पुगेको छ निको हुनेको संख्या १२ जना, वडा नं. २ मा ४४ जना १३ जना निको भइसकेका छन् । वडा नं. ३ मा २६ जना जसमा ८ जना निको भएका छन् । वडा नं. ४ मा ८७ जना जसमा ३० जना निको भएका छन् । त्यस्तै वडा नंं. ५ मा ७९ जना जसमा ३४ जना निको भएका छन् । १ जना महिलाको मृत्यु भएको छ । वडा नं. ६ मा ८६ जनामा कोरोना संक्रमण देखिएको छ भने २७ जनाको निको भएको छ । १ जना महिलाको मृत्यु भएको छ । वडा नं. ७ मा आज ५० जनामा कोरोना संक्रमण देखिएको छ जसमा १२ जना निको भएका छन् ।
वडा नं. ८ मा ११५ जना ३५ जना निको भएका छन् भने १ जना पुरुषको मृत्यु भएको छ । वडा नं. ९ मा १६० जना र निको हुनेको संख्या ४७ पुगेको छ । वडा नं. १० मा १५७ जना जसमा ७९ जना निको भएका छन् । वडा नं. ११ मा १९८ जना ५२ जना निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ । तारकेश्वर नगरपालिकामा पछिल्लो २४ घण्टामा ३७ महिला र ३३ पुरुष गरी ७० जनामा कोरोना पुष्टि भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #तारकेश्वर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्