कोरोनासँग जुध्दै आर्थिक क्रियाकलापलाई बढाउन अर्थमन्त्रीको निर्देशन
नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना भाइरसको महामारीका कारण अन्य मुलुकमा झैँ नेपालको आर्थिक क्षेत्र पनि प्रभावित भएकाले यसविरुद्ध जुध्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ । आफ्नो पद बहलीपछि आज मन्त्रालय र मातहतका निकायका प्रमुखलाई निर्देशन दिँदै उहाँले अर्थतन्त्रलाई थप सबल बनाउनु्पर्ने भएकाले त्यसमा सबैको उत्तिकै साथ र सहयोग जरुरी रहेको बताउनुभयो ।
कोरानाका कारण अन्तराष्ट्रिय र राष्ट्रिय अर्थतन्त्र तथा आर्थिक क्रियाकलाप सुस्त भएकाले यस्तो अवस्थामा आर्थिक क्रियाकलपलाई माथि उठाउनुपर्नेमा जोड दिँदै उहाँले अर्थतन्त्रलाई गतिशिल बनाउँदै रोजगारी सिर्जना गरी आर्थिक वृद्धिमा समेत लाग्नुपर्ने बताउनुभयो ।
सरकारको बजेट र मौद्रिक नीतिले लिएका लक्ष्य हासिल गर्न सबैको इमान्दार प्रयास जरुरी रहेकोमा जोड दिँदै उहाँले नागरिकको जीवनरक्षा गर्दै आर्थिक गतिविधिलाई बढावा दिनुपर्ने बताउनुभयो । चालु आर्थिक वर्षको बजेटले समेत कोरोना कारण सिर्जित समस्यालाई समाधनका लागि मार्गदर्शन गरेको र त्यसको व्यवहारिक कार्यान्वयनले आर्थिक क्षेत्र थप सबल बन्ने मन्त्री पौडेलको भनाइ छ । उहाँले कोरोना प्रभावित वर्ग तथा क्षेत्रलाई राहत तथा पुनः उत्थानका लागि सरकारले अगाडि सारेका नीति तथा कार्यक्रमको व्यवहारिक कार्यान्वयन नै आजको प्रमुख आवश्यकता हो भन्नुभयो ।
अर्थमन्त्रीले भन्नुभयो “चालू आवको बजेटले पनि धेरै विषय समेटेको छ । यस्तै राष्ट्र बैंकको मौद्रिक नीतिले पनि आर्थिक तथा वित्तीय क्षेत्रको सबलीकरणका लागि धेरै विषय समेटेको छ, त्यसको व्यवहारिक कार्यान्वयन गर्नु जरुरी छ ।” उहाँले पूँजीगत खर्चका विषयमा सधै प्रश्न उठ्ने भएकाले विकास निर्माणको कामलाई प्रभावकारीरुपमा अगाडि बढाउन अवलम्बन गर्न गर्नुपर्ने स्पष्ट दृष्टिकोणका साथ काम गर्न पनि आग्रह गर्नुभयो ।
अर्थमन्त्री पौडेलले आर्थिक अनुशासन कायम गर्दै अगाडि बढ्न निर्देशन दिँदै वित्तीय क्षेत्रमा सुशासन कायम गर्ने विषय पनि अर्को महत्वपूर्ण कार्यभार रहेको उल्लेख गर्नुभयो । उहाँले आर्थिक अनुशासन कायम गर्दै समग्र वित्तीय सुशासनलाई विशेष ध्यान दिएर अन्तरनिकाय समन्वयलाई पनि प्रमुख प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो ।
अर्थमन्त्री पौडेलले अन्तरनिकायबीचको सम्बन्धलाई समेत नयाँ ढंगले परिभाषित गरेरअगाडि बढ्नुपर्ने स्पष्ट गर्दै एकार्का निकायबीचको भूमिका परिपूरक भएको भएको र त्यसमा अर्थ मन्त्रालय सहयोगीको रुपमा रहनुपर्ने बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #विष्णुप्रसाद पौडेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्