कोरोनाको हट स्पट बन्दै तारकेश्वर , संक्रमितको संख्या ९५१
तारकेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या ९५१ पुगेको छ । तारकेश्वर नगर स्वास्थ्य साखाकोअनुसार २८७७ जनाको आजसम्म पिसिआर परिक्षण भइसकेको छ । तारकेश्वर नगरपालिकामा ५५१ जना होम आइसोलेसनमा बसेका छन् । अस्पतालको आइसोलेसनमा २८ जना रहेका छन् ।
कोभिड सेन्टरमा १० जना रहेका छन् । होटल आइसोलेसनमा ६ जना र २ जना अफिस आइसोलेसनमा रहेका छन् । तारकेश्वरमा कन्ट्याक ट्रेसिङबाट ४५८ जनामा पिसिआर पोजेटिभ देखिएको थियो । ४०१ महिला र ५५० पुरुष रहेका छन् । निको हुनेहरुको संख्या १५५ महिला र १९४ पुरुष गरी ३४९ जना रहेका छन् ।
अहिलेसम्म ६ जनाको मृत्यु भएको छ । संक्रिय संक्रमितको संख्या महिला २४४ र पुरुष ३५३ जना गरी ५९७ जना पुगेका छन् ।
त्यस्तै तारकेश्वर १ मा कोरोना संक्रमितको संख्या १९ जना पुगेको छ निको हुनेको संख्या १२ जना, वडा नं. २ मा ४२ जना १३ जना निको भइसकेका छन् । वडा नं. ३ मा २२ जना जसमा ८ जना निको भएका छन् । वडा नं. ४ मा ८३ जना जसमा ३० जना निको भएका छन् । त्यस्तै वडा नंं. ५ मा ७६ जना जसमा ३४ जना निको भएका छन् । १ जना महिलाको मृत्यु भएको छ । वडा नं. ६ मा ८१ जनामा कोरोना संक्रमण देखिएको छ भने २७ जनाको निको भएको छ । १ जना महिलाको मृत्यु भएको छ । वडा नं. ७ मा आज ४९ जनामा कोरोना संक्रमण देखिएको छ जसमा १२ जना निको भएका छन् ।
वडा नं. ८ मा १०७ जना ३५ जना निको भएका छन् भने १ जना पुरुषको मृत्यु भएको छ । वडा नं. ९ मा १४५ जना र निको हुनेको संख्या ४७ पुगेको छ । वडा नं. १० मा १४४ जना जसमा ७९ जना निको भएका छन् । वडा नं. ११ मा १८३ जना ५२ जना निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ । तारकेश्वर नगरपालिकामा पछिल्लो २४ घण्टामा २२ महिला र १९ पुरुष गरी ४१ जनामा कोरोना पुष्टि भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #कोरोनाको हट स्पट बन्दै तारकेश्वर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्