बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्दव खरेल कोरोना मुक्त
बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्दव खरेल कोरोनालाई जितेर जनसेवामा फर्किएका छन।आफ्नो सवारीका चालकलाई कोरोना संक्रमण पुष्टि भएपश्चात् कन्याक्ट ट्रेसिङ्गमा परिक्षण गर्दा संक्रमण देखिएका खरेलको पछिल्लो समय गरेको परिक्षणमा नतिजा नेगेटिभ आए पछी पुन नगरपालिकाको नियमित काममा फर्किएका हुन।
सुरक्षा मापदण्ड पुरा गर्दै होम आइसोलेसनमा रहेका नगरप्रमुख खरेलले कोरोनालाई पराजित गरे संगै आफुमा कुनै पनि किसिमका लक्षण नदेखिएकै कारण पनि यस रोगलाई परास्त गर्न अझ सहज भएको प्रतिक्रिया दिएका छन।
कोरोना प्रकोप नियन्त्रण तथा रोकथाम अभियानको अग्र मोर्चामा रहेर सक्रिय नगरप्रमुख खरेलले बलियो आत्मविश्वास र सजगताले सजिलै कोरोनालाई पराजित गर्न सकिने बताउदै यस विरुद्ध लडदै गर्दा सदभाव ,सहानुभूति र चिन्ता व्यक्त गर्ने सबैलाई धन्यवाद दिएका छन ।
क्याटेगोरी : समाचार
ट्याग : #उद्दव खरेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्