पृथ्वीबाट मंगलग्रह सबैभन्दा ठूलो र चम्किलो देखिँदै
काठमाडौं, २७ असोज । मंगलग्रह मंगलबार पृथ्वीबाट सबैभन्दा ठूलो र चम्किलो देखिने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जनाएको छ ।
खगोल विज्ञानमा यो दुर्लभ घटना हो, जसमा मंगलग्रह, पृथ्वी र सूर्य एकसाथ समानान्तर हुन्छन्। यसको अर्थ तीनै ग्रह १८० डिग्रीको कोणमा हुने छन् । यो घटनालाई खगोलीय भाषामा मंगलग्रहको ‘अपोजिशन’ भनिन्छ । यो घटना हरेक २६ महिनामा हुन्छ ।
नासाका अनुसार मंगल ग्रह र पृथ्वी हरेक २६ महिनामा नजिक आउँछन् । यसको अर्थ सन् २०२२ को डिसेम्बरमा पनि दुई ग्रह नजिक आउने छन्।
मंगलग्रहको अपोजिशन मंगलबार हुँदै गरेको भए पनि गएको मंगलबार अर्थात अक्टोबर ६ मै मंगलग्रह पृथ्वीको सबैभन्दा नजिक आएको थियो । त्यसबेला दुई ग्रहबिचको दूरी ३८.६ मिलियन माइल थियो ।
अब सन् २०३५ सम्म मंगलग्रह पृथ्वीको यति नजिक आउने छैन । यसअघि सन् २००३ मा मंगलग्रह र पृथ्वीबिचको दूरी ३४.८ मिलियन माइल भएको थियो, जुन ५९ हजार ६१९ वर्षमा सबैभन्दा नजिक आएको घटना थियो मंगलग्रह पृथ्वीको । अब २२८७ वर्षसम्म यति नजिक आउने छैन । यो घटनालाई खगोल विज्ञानमा ‘मार्स क्लोज एप्रोच’ भनिन्छ ।
मंगलबार बेलुका हुने अपोजिशनको अवलोकन गर्दा मंगलग्रह ठूलो र चम्किलो देखिने छ। यो घटनामा पृथ्वी मंगल ग्रह र सूर्यको बिचमा पर्ने छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार त्यसक्रममा मंगल ग्रहले पृथ्वीको एक पक्षमा घाम छेक्ने छ । यो नेपाली समय अनुसार राति १ बजेर ४५ मिनेटमा सुरु हुनेछ । नेपाली समय अनुसार बुधबार बिहान पाँच बजेर पाँच मिनेट जाँदा तीन ग्रह १८० डिग्रीको कोणमा आउने छन् ।
मंगल ग्रह र पृथ्वीले पूर्ण वृत्तमा परिक्रमा गर्दैनन् । उनीहरुको परिक्रमा चक्र ओभल जस्तो छ। उदाहरणका लागि पृथ्वीले सूर्यलाई परिक्रमा गर्नका लागि ३६५ दिन लगाउँछ । मंगल ग्रहलाई परिक्रमा पूरा गर्नका लागि ६८७ दिन लाग्छ । जब पृथ्वी सूर्यको नजिक पुग्छ तब मंगल ग्रह पर जान्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #पृथ्वीबाट मंगलग्रह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्