त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक कुटपिट गर्ने दुई पक्राउ
प्रहरीले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्ने दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले यही असोज २० गते त्रिवि परिसरभित्र त्रिवि समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि कुटपिट गर्ने दुई जनालाई कोटेश्वरबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा सिरहा गोलबजारका २३ वर्षीय रुपेश साह र सिरहाकै २४ वर्षीय रवीनकुमार लामा छन् । परिसरका प्रवक्ता सोमेन्द्रसिंह राठौरले उपप्राध्यापक चलाउनेलाई साङ्घातिक हमला गरेर फरार रहेका साहलाई कोटेश्वर र लामालाई सिरहाबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #arrested
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्