भरतपुर र रुपन्देहीमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु
भरतपुर अस्पतालमा कोरोना सङ्क्रमित वेवारिसे महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । उनको उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको हो । यही असोज १५ गते ज्वरो, खोकी र श्वासप्रश्वाशमा समस्या भइ अस्पताल भर्ना भएकी उनीमा आसोज १९ गते कोरोना पुष्टि भएको थियो । स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि १९ गते नै कोभिड सघन उपचार कक्षमा राखी उपचार गरिएको थियो ।
त्यस्तै रुपन्देहीमा कोरोना भाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बुटवलको कोरोना बिशेष अस्पतालमा उपचाररत ७९ वर्षीय पुरुषको आज बिहान ७ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिनुभयो । यही असोज १९ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि असोज २० गते कोरोना बिशेष अस्पतालमा भर्ना भएका देवदह नगरपालिका १० सङ्क्रमित पुरुषको भेन्टिलेटरको सहयोगमा उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी गौतमले बताउनुभयो । योसँगै रुपन्देहीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४० जना पुगेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #कोरोना संक्रमण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्