एसियाका उत्कृष्ट उच्च शिक्षा शिक्षकका रुपमा संखुवासभाका दाहाल सम्मानित हुने
खाँदबारी । संखुवासभाको खाँदबारी स्थित रहेको बरुण बहुमुखी क्याम्पसका उप-प्राध्यापक रुद्र नाथ दाहाललाई रुला अन्तराष्ट्रिय पुरस्कार- २०२०/२१ (Research Under Literal Access Awards- RULA Awards-2020/21 बाट सम्मानित गर्ने निर्णय भएको छ । विभिन्न विधाहरुमा उत्कृष्टता हासिल गर्ने व्यक्ति तथा संस्थाहरुलाई छनौट गरि यो पुरस्कार वितरण गर्ने गरिएको छ ।
२०२० अक्टुबर १५ मा भारतको तमिल्लाडूमा ४० भन्दा बढी देशका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्यमा एक भब्य समारोहका बीच यो पुरस्कार वितरण गर्ने निर्णय भएको छ । यद्यपि कोभिड-१९ महामारीको कारण यो कार्यक्रम पछी सर्ने सम्भावना रहेको छ । यो रुला एवार्ड्स समारोह १४ औँ संस्करण हो । एसियाली मुलुकहरुबाट विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने ब्यक्ति तथा संस्थाहरुलाई यस कार्यक्रममा विभिन्न विधाहरुमा सम्मान गरिनेछ । यसै कार्यक्रममा उप-प्राध्यापक दाहाल पनि नेपालको तर्फबाट एसियाका उत्कृष्ट उच्च शिक्षा शिक्षक’ (The Best Faculty of Asia) का रुपमा सम्मानित हुनेछन ।

नेपालको पुर्बी हिमाली जिल्ला संखुवासभा जस्तो दुर्गमं ग्रामिण परिबेशमा जन्मेर हुर्केर हाल सम्म पांच वटा बिषय (समाजशास्त्र मानवशास्त्र, राजनीति शास्त्र, इतिहास, ग्रामिण विकास र शैक्षिक योजना तथा ब्यबस्थापन) मा स्नातकोत्तर सम्मको शैक्षिक योग्यता हासिल गरेका दाहाल हाल विद्यावारिधि (पिएच.डी.) को अध्ययनमा रहेका छन् । नेपालको सरकारी सामुदायिक विद्यालयमा बाह्र वर्ष शिक्षण तथा प्रधानाध्यापक, सस्थागत विद्यालयमा दश बर्ष सम्मको नेतृत्व र बरुण बहुमुखी क्याम्पस, खाँदबारीमा बाइस वर्ष सम्मको कार्य अनुभब बोकेका दाहालले पच्चीस वटा भन्दा बढी विभिन्न विधाका सर्टिफाइड तालिमहरु हासिल गरेका छन् भने नेपाल रेडक्रस, मानव अधिकारवादी संघ संस्था लगायत विभिन्न सामाजिक सेवा प्रदायक संस्थाहरुमा सक्रियातापुर्बक काम गरेको पनि लामै अनुभव रहेकोछ । दाहालले यस अघि नै नेपाल सरकार, शिक्षा मन्त्रालय द्वारा प्रदान गरिने राष्ट्रिय शिक्षा पदक-२०६२ प्राप्त गरिसकेका छन् ।
प्रजातान्त्रिक विचारधारा बोकेका दाहालले लोकतन्त्र, मानव अधिकारको रक्षार्थ २०६२/६३ को जन-आन्दोलनमा सक्रिय सहभागिता जनाएकै कारण केहि समय जेल जीवनको समेत अनुभव लिएका थिए । वहु बिषय उच्च शैक्षिक योग्यता, रेडक्रस, मानव अधिकार तथा सामाजिक सस्थाहरुमा काम गरेको लामो अनुभव, तल्लो तह देखि उच्च तह सम्मको शिक्षण र शैक्षिक नेतृत्व गरेको लामो अनुभव तथा अनुसन्धानमुलक लेख र रचना लगायत लोकतन्त्र र मानव अधिकारको पक्षमा गरेका वकालत नै आफ्नो उत्कृष्टताको छनौटको आधार रहेको दाहाल बताउछन ।

साझापाना डट कम परिवारको तर्फबाट हजुरको सफलताको लागि हार्दिक बधाई दिन चाहन्छौं ।
क्याटेगोरी : विशेष, समाचार
ट्याग : #Rudranath Dahal
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्