फुटुङमा आएर रवि लामिछाने वृद्धवृदालाई खुवाए खाना
काठमाडौं – विगत केही बर्षयता सिधाकुरा जनतासँग कार्यक्रम सञ्चालनमा ल्याएपछि एका एक चर्चामा आएका सञ्चारकर्मी रवि लामिछाने पछिल्लो समय सामाजीक कार्यमा पनि सहभागी हुन थालेका छन् ।
लामिछानेले शनिवार काठमाडौंको मनमैजु फुटुङमा रहेको नवजीवन परोपकार समाजको ग्राममा पुगेर त्यहाँ रहेका वृद्धवृदालाई खाना खुवाएका छन्।
विगत केहि बर्षबाट सामाजीक कार्यमा अहोरात्र खटिरहेको समाजीक संस्था नवजीवन परोपकार समाजमा रहेका वृद्धवृद्धालाई लामिछाने दम्पतिले आफ्नो व्यक्तिगत तर्फबाट खाना खुवाएका हुन। रविका साथमा उनकी पत्नि निकिता पौडेल पनि उपस्थित थिइन। यस्तै दीपक बोहोरा लागयतको उपस्थितीमा खाना खुवाइएको हो ।

लामिछानेले ग्रामको अवलोकन समेत गरेका छन् । उनले नवजीवन परोपकार समाजका संस्थापक अध्यक्ष दुर्गानाथ दाहाललाई केही समस्या परे आफुहरुलाई खवर गर्न समेत आग्रह गरेका छन्।
ग्राममा भएका १५ जना भन्दा बढी वृद्धवृद्धालाई खान खुवाउने क्रममा लामिछानेले एकदिन आएर खुवाउने हामीहरुलाई भन्दा सधै खुवाउनेहरुलाई धन्यावाद समेत दिएका छन् ।
यस्तै संस्थाले २०७५ सालमा घोषणा गरेको सम्मान पत्र पनि लामिछानेलाई वितरण गरिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #फुटुङमा आएर रवि लामिछाने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्