उपत्यकामा दुई हजार ६७२ सहित पाँच हजार ८ जना नयाँ सङ्क्रमित
गत २४ घण्टामा उपत्यकामा दुई हजार ६७२ सहित पाँच हजार ८ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेश ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले गत २४ घण्टामा कोभिड–१९ मुक्त भई घर फर्किनेको सङ्ख्या एक हजार २२९ जना रहेको जानकारी दिनुभयो । हालसम्म देशभरी जम्मा सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार ८१८ छ ।
संस्थागत आइसोलेसनमा रहनुभएका व्यक्तिहरुको सङख्या १३ हजार ६५४ छ । प्रदेश १ मा एक हजार ४७७, प्रदेश २ मा ५०९, बाग्मती प्रदेशमा नौ हजार १०३, गण्डकी प्रदेशमा ६२५, लुम्बिनी प्रदेशमा एक हजार २७२, कर्णाली प्रदेशमा ५५४ र सुदुरपश्चिम प्रदेशमा ११४ जना हुनुहुन्छ ।
प्रवक्ता गौतमले भन्नुभयो, “होम हाइसोलेसनमा रहनुभएका व्यक्तिको सङ्ख्या प्रदेश १ मा दुई हजार १६४, प्रदेश २ मा ५७९, बाग्मती प्रदेशमा ११ हजार २०६, गण्डकी प्रदेशमा ५८०, लुम्बिनीमा एक हजार ५८४, कर्णाली प्रदेशमा ४११, सुदुरपश्चिम प्रदेशमा ६४० जना गरी जम्मा १७ हजार १६४ जना हुनुहुन्छ ।” गत २४ घण्टामा १९ हजार ३२० मा पिसिआर गरिएको छ ।
त्यो सँगै हालसम्म ११ लाख ६४ हजार ५५७ परीक्षण गरिएको छ । क्वारेन्टिनमा रहनुभएका व्यक्तिहरुको सङ्ख्या चार हजार ६८६ छ । प्रदेश अनुसार प्रदेश १ मा ४४१, प्रदेश २ मा १२८, बाग्मती प्रदेशमा ३९६, गण्डकी प्रदेशमा ६११, लुम्वीनी एक हजार ५०७, कर्णाली प्रदेशमा ४४२ र सुदुरपश्चिम प्रदेशमा एक हजार १६१ जना छन् । सङ्क्रमण मुक्त भई हालसम्म घर फर्कनेको सङ्ख्या ७४ हजार २५२ छन् ।
कोभिड–१९ बाट मुक्त हुनेको सङ्ख्या ७०.२ प्रतिशत छ । देशैभरी आइसियुमा उपचाररत बिरामीको सङ्ख्या ३२१ हुनुहुन्छ । भेन्टिलेटरमा उपचारत सङ्ख्या ७७ रहेको छ । हालसम्म कोभिड–१९ बाट ६१४ जनाको मृत्यु भएको छ । पाँच सय बढि सङ्क्रमित रहेको जिल्लामा मोरङ, सुनसरी, बाँके, सुर्खेत, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देही रहेका छन् ।
कोभिड–१९ शून्य भएका जिल्लामा मनाङ र मुस्ताङ रहेका छन् । विश्वमा हालसम्म तीन करोड ७१ लाख ५२ हजार १२५ जना व्यक्तिहरु कोभिड–१९ बाट सङ्क्रमित हुनु भएको छ भने निको हुनेको सङ्ख्या दुई करोड ७९ लाख १८ हजार ६३६ रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नयाँ सङ्क्रमित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्