कान्तिपुर टेलिभिजनको समाचार प्रति सूर्य थापाको कडा आपत्ति
काठमाडौं । कान्तिपुर टेलिभिजनबाट शुक्रबार प्रसारित एक समाचार रिपोर्टलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आपत्ति जनाउनुभएको छ ।
थापासहित प्रधानमन्त्रीका ३ जना सल्लाहकारले सरकारी स्रोतबाट कोरोना परीक्षण गरेको विषयमा उक्त टेलिभिजनले समाचार बनाएको थियो ।
सल्लाहकार थापाले दुनियाँलाई दिग्भ्रमित पार्ने गरी त्यस्तो समाचार बनाएको भन्दै खेदसमेत जनाउनुभएको छ । थापाले दुराशयपूर्ण तरिकाले उक्त समाचार आएकाले भ्रममा नपर्न समेत सबैमा आग्रह गर्नुभएको छ ।
सामाजिक सञ्जालमा उक्त समाचारप्रति उहाँको प्रतिक्रिया यस्तो छ:
कान्तिपुर टेलिभिजनलाई प्रधानमन्त्रीका हामी सल्लाहकारहरूको कोभिड–१९ को परीक्षण रिपोर्ट नेगेटिभ आएकोमा असैह्य छटपटी भएको यस खालको एकतर्फी र मनगढन्ते रिपोर्टिङ गरेकोबाट स्पष्ट बुझ्न सकिन्छ । हामी आइसोलेसनमा बस्दासमेत पटकपटक सम्पर्क गर्ने र सूचना जानकरी लिन सक्रिय यस टेलिभिजनका र अरू व्यावसायिक संचारकर्मीहरूले स्वयं यस्ता नकारात्मक र निहीत उद्देश्य प्रेरित बदनाम-गाथालाई के ठान्दा होलान् ?
बालुवाटार सुनसान भयो भन्ने रिपोर्टिङ, दैनिक १० पटकभन्दा बढी सम्पर्क गर्नुपर्ने हामीसँगै, अनि संक्रमणका कारण दैनन्दिन नियमित काममा असर परेको सबैको धारणा, लक्षणहरू केही नदेखिएको स्थिति, कन्ट्याक्ट ट्रेसिङ सबै संक्रमितहरूलाई केन्द्रित गरेर हुने तथ्य र सात दिन पुगेको अवस्थामा तोकिएको मापदण्डअनुरूप नियमित प्रक्रियामा परीक्षण गराउँदा यसरी दुनियाँलाई दिग्भ्रमित पार्न खोज्नु खेदजनक छ ।
यो परीक्षण हाम्रो चाहना, आग्रह र दबाबमा नभएर मापदण्डअन्तर्गत र जरूरी आवश्यकताअनुरूप नै भएको छ ।
जनसरोकारका महत्वपूर्ण विषयप्रति उदासीन हुँदै पहाड खनेर मुसा भेट्याएजस्तो गर्नु कान्तिपुर टेलिभिजनको निम्ति यो शोभनीय, व्यापसायिक, तथ्यपूर्ण र मर्यादित रिपोर्टिङ किमार्थ मान्न सकिदैन । यसले रिपोर्टको अन्तिममा गरेको टिप्पणी त झनै दुराशयपूर्ण रहेको हुनाले यसको दुष्प्रचारबाट कत्ति पनि भ्रमित नहुन सबैमा अनुरोध गर्दछु ।
क्याटेगोरी : समाचार
ट्याग : #सूर्य थापा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्