योग र ध्यानबाट क्यान्सरलाई जित्न सकिने
काठमाडौँ, २३ असोज ः यस महिनालाई स्तन (ब्रेष्ट) क्यान्सर विरुद्ध सचेतना अभियानको रुपमा मनाइरहेको छ ।
“क्यान्सरको समयमै उपचार गर्ने हो भने निको हुन्छ” भन्ने नाराका साथ योग प्रेमी नेपाल र नेपाल क्यान्सर सरभाईबर्स सोसाइटीले विविध कार्यक्रम गरी मनाइरहेका छन ।
नेपालमा गलत जीवनशैलीका कारणले स्तन क्यान्सरबाट धेरै नै मानिस पिडित हुनु परेका छ ।
सचेतना अभियानमा क्यान्सर के हो ? यो किन हुन्छ ? के कस्ता उपायहरु अपनाउनाले क्यान्सर रोगको जोखिम कम हुन सक्छ ? रोग लागिसकेको छ भने कसरी अगाडि बढ्ने जस्ता अभियानको क्रममा सिकाउने गरेको सरभाईबर्स सोसाइटीका अध्यक्ष प्रमिला खनालले बताउनुभयो ।
उहाँले आफूहरुले क्यान्सरका विरामीलाई मनोपरामर्श सेवा प्रदान गर्नुका साथै महिलालाई लक्षित गरी स्वास्थ्य शिविर कार्यक्रमको साथै स्कुल, कलेजका छात्रालाई क्यान्सरको वारेमा सचेत गराउने काम गर्दै आएको जानकारी दिनुभयो ।
योगप्रेमीका अध्यक्ष खेतराज मैनाली क्यान्सर रोगसित बिजय प्राप्त गर्न योग र ध्यानको विशेष महत्व हुने बताउनुभयो ।
उहाँले योग र ध्यानले मानिसको जीवनशैलीमा परिवर्तन गर्न विशेष भूमिका रहने भएकोले क्यान्सरलाई पनि योग र ध्यानबाट सजिलै जित्ने सकिने बताउनुभयो ।
नेपालमा ४० देखि ५० बर्ष उमेर समूहका महिलामा स्तन क्यान्सर हुने गरेको पाइएको छ
क्याटेगोरी : विशेष, समाचार, स्वास्थ्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्