परराष्ट्रमन्त्रीद्धारा रसुवा र नुवाकोटको विध्युतगृहको स्थलगत निरीक्षण
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुई विध्युतगृहको आज स्थलगत निरीक्षण गर्नुभएको छ । रसुवागढी सीमा क्षेत्रको भ्रमण गर्ने सिलसिलामा मन्त्री ज्ञवालीले स्याफ्रुबेँसीस्थित २२ मेगावाट क्षमताको चिलिमे एवं रसुवा र नुवाकोट जिल्लाको आधार इलाकामा गत वर्ष निर्मित ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली १ विध्युतगृह अवलोकन गर्नुभएको हो ।
विसं २०६० देखि उत्पादन शुरू भएको चिलिमे एवं गत वर्षदेखि उत्पादित माथिल्लो त्रिशूली १ विध्युतगृहको अवलोकन गर्दै उत्पादनका बारेमा नेपाल सरकारका प्रवक्ताले जानकारी लिनुभएको रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताउनुभयो ।
उहाँले यसै गरी गल्छी– रसुवागढी अन्तरराष्ट्रिय राजमार्गअन्तर्गत पर्ने स्याफ्रुबेँसी, मैलुङ र वेत्रावती खण्डमा पर्ने मार्गको समेत स्थलगत निरीक्षण गर्नुभएको थियो । भारी वर्षाका कारण अवरूद्व स्याफ्रु – मैलुङखण्डको राजमार्ग मङ्गलबार साँझदेखि सञ्चालनमा आएपछि नदी किनारबाट रसुवागढी जान सहज भएको सुरक्षा निकायले बताएको छ । दुई दिनको रसुवा भ्रमणपछि मन्त्री ज्ञवाली राजधानी प्रस्थान गर्नुभएको प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #विध्युतगृहको निरीक्षण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्