टोखा नगरपालिकाकी उपप्रमुख ज्ञानमाया डंगोललाई कोरोना संक्रमण
टोखा नगरपालिकाकी उपप्रमुख ज्ञानमाया डंगोललाई कोरोना संक्रमण भएको छकोरोना संक्रमण रोकथाम तथा नियन्त्रण अभियानमा सक्रिय रहेकी डंगोलको असोज २२ गते PCR नतिजा पोजिटिभ आएको हो।
कोरोना संक्रमण पुष्टि भएपछि नगर उप प्रमुख ज्ञानमायाँ डंगोलले फेसबुकमा मार्फत् आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएकी छन।
सोमवार घाँटी दुखेर अलि कमजोरी महसुस भएर परिक्षण गराउदा पोजिटिभ नतिजा आएको बताउदै उपप्रमुख डंगोलले बुधबार बिहान ४ बजेदेखी टाउको दुख्यो र बान्ता भएको जानकारी आफ्नो सामाजिक संजाल मार्फत दिएकी छन।
डंगोलको सन्देस :
“कोरोना भनेको सामान्य होइन है नगरबासीहरु सुरक्षित हुनु अत्यन्त जरुरी छ मैले सुरक्षा अपनाउदा अपनाउदै पनि मलाइ पोजेटिभ भयो । घाँटी दुखेर अलि कमजोरी महसुस भएर सोमबार टेस्ट गरेको थिए। बुधबार बिहान ४ बजेदेखी टाउको दुख्यो र बान्ता पनि भयो र आजसम्म पनि टाउको भारी भैरहेको छ। कसैलाई नगरपालिकाको कामले केही अप्ठ्यारो पर्यो भने फोन गर्नु होला म हेरेक क्षणमा तपाइहरुको साथमा छु। घरमा बसि आफुले गर्न मिल्ने कार्य र सहकार्य गर्न प्रतिबद्ध छु।”
क्याटेगोरी : समाचार
ट्याग : #ज्ञानमाया डंगोल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्