करिव साँढे चार करोडमा निर्मीत काभ्रेस्थली मा.बीको नबनिर्मित भबन हस्तान्तरण
काठमाडौ । काभ्रेस्थली मा.बी.को १२ कोठे नबनिर्मित भबन हस्तान्तरण गरिएको छ ।
हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि नेपालस् कांग्रेसका नेता एवं सासंद भिमसेन दास प्रधान , तारकेश्वर नगपालिका मेयर रामेश्वर बोहोरा , नगर उप प्रमुख भवानी डोटेल , कार्यकारी अधिकृत शिव लम्साल ,नगर शिक्ष प्रमुख होमनाथ न्यौपाने , डि यल पि आइ का प्रमुख , वडा अध्यक्ष रबिन्द्र के.सी , अभिबाबक,शिक्षक शिक्षिका विभिन्न स्कुलका प्रअ तथा विभिन्न टोलसुधार समितीका अध्यक्ष हरूको बाक्लो उपस्थित रहेको थियो ।

करिब ४ करोड ६७ लाख रुपैया लागतमा निमार्ण भएको १२ कोठो आधुनिक भवनमा कम्यूटर , सोलार प्यानल ,पानी ट्रयाङ्गकी , शोचालय समेतको निमार्ण गरिएको काभ्रेस्थली मा.बी ब्यवस्थापन समितिका अध्यक्ष श्रीराम थापाले साझापानालाई बताए ।
करिब ४५० जना बिध्यार्थी अध्यन गर्ने सो भवन अपाङ्गमैत्री समेत रहेको थापाको भनाई छ ।
सो भवन नेपाल सरकारको अनुदानमा डि यल पि आइ र सि यल पि आई नामक संस्थाले निमार्ण गरेको हो ।
हस्तान्तरण कार्यक्रममा स्थानिय समाजसेवी एवं शिक्षकहरुलाई सम्मान समेत गरिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #काभ्रेस्थली मा.बी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्