Techie IT
सोमबार, वैशाख २२,२०८२

काभ्रेस्थली देवीस्थानमा राप्रपा जिल्ला नेता सहित ४१ जना नेकपामा प्रवेश


तारकेश्वर काठमाडौ । तारकेश्वर नगरपालिका वडा नं २ देवीस्थानका पुरै गाउँ नेकपामय भएको छ ।

शनिबार राप्रपाका जिल्ला सदस्य चन्द्र बहादुर तामाङ्ग , सानुकान्छा तामाङ्ग , सहित स्थानिय स्तरमा सामाजिक अभियानमा  सक्रिय ४१ जना युवाहरु नेपाली कांग्रेस र राप्रपा परीत्याग गरि नेकपामा प्रवेश गरेका हुन ।

काङ्ग्रेस र राप्रपाको झुठ्ठो आस्वासनको पछि लागी बाटो बिराएको महशुस गर्दै आगामी दिनमा कहिकतै बिचलन नहुने प्रतीबद्धता सहित नेकपा प्रवेश गरेको राप्रपाका जिल्ला सदस्य चन्द्र बहादुर तामाङ्गले बताए ।

त्यस्तै नेकपाको काम र कार्यशैलीप्रति प्रभावित भएर पार्टी प्रवेश गरेको राम बहादुर तामाङ्गले बताएका छन्।

सो कार्यक्रममा नेकपाका जिल्ला कमिटि सदस्य लेखनाथ फँुयाल , वडा नं २ का वडा अध्यक्ष रबिन्द्र के.सी , नगर कमिटीका सदस्य शुबर्ण लामा , वडा नं १ कमिटिका अध्यक्ष गोपाल सापकोटा लगायतको उपस्थीती रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी नेकपा काठमाडौं जिल्ला कमिटी सचिबालय सदस्य लेखनाथ फुयाँलले  नब प्रबेशी हरूलाई टीका लगाइ पार्टीमा स्वागत गरेको साझापाना अनलाइनलाई बताए ।

विचार, कार्यक्रम र सागठनिक रुपले नेकपालाई सुदढ बनाउँदै पार्टीको सम्पुर्ण ध्यान विकास र समृद्धमा लगाएको फुयाँलले बताए ।

हेर्नुहोस नवप्रबेशीहरुको बिवरण :

 

 


क्याटेगोरी : समाचार
ट्याग : #काभ्रेस्थली, #नेकपामा प्रवेश


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:19 am6:41 pm +0545