मन्त्री अर्यालद्वारा स्याङ्जाका पहिरो पीडितलाई १५ लाख बढी राहत हस्तान्तरण

स्याङ्जा, १७ असोज । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले केही दिन अघी आएको अबिरल वर्षाका कारण आएको पहिरोमा परि मृत्यु भएका मृतक तथा घाइतेको परिवारलाई राहत बितरण गर्नुभएको छ । मन्त्री अर्यालले गत असोज ८ गतेको पहिरोमा परि वालिङ नगरपालिका-१४ मा मृत्यु भएका परिवारलाई शुक्रबार राहत प्रदान गर्नुभएको हो ।
राहत हस्तान्तरण गर्दै मन्त्री अर्यालले स्वर्गीय माया नेपालीका छोरा भोजराज र छोरी मनिषाले आफ्ना अभिभावक गुमाउनुपरेको पिडा आफूले महशुस गरेको बताउनुभयो । मृतकका छोरा र छोरीको अभिभावक सरकार रहेको बताउदै मन्त्री अर्यालले मनिषाको शिक्षाका लागी आफुले व्यवस्था गर्ने र अभिभावक समेत आफु रहेको बताउनुभयो । पहिरो पिडित भोजराजको बस्ने घर नै पहिरोले पुरेपछि अहिले नजिकैको विद्यालयमा काजक्रियामा रहेका छन् ।
पिडितको घर सरकारले बनाइँदिने भन्दै मन्त्री अर्यालले पहिरो पिडित र विस्थापित परिवारको आवास निर्माणका लागी सरकारले व्यवस्था गर्ने बताउनुभयो । अर्यालको माइती गाउँ वालिङ नगरपालिका-१४ तमादीमै पुगेर १० लाख २० हजार प्रदान गर्नुभएको हो । राहत रकम नेपाल सरकारको तर्फबाट ७ लाख र मन्त्रालयको पहलमा ३ लाख रकम मन्त्रीले प्रदान गर्नु भएको हो । असोज ८ गते घर माथिबाट आएको पहिरोमा पुरिएर माया नेपालीको ८ जना परिवार र बहिनी उमाकला गरी ९ जनाको मृत्यु भएको थियो ।
यसैगरी मन्त्री अर्यालले कालिगण्डकी गाउँपालिका-४ मा गत असोज ८ गते गौतमडाँडा र असार ३० गते खहरेमा पहिरोले पुरिएर मृत्यु भएका परिवारलाई राहत प्रदान गर्नुभएको छ । पहिरो पीडित परिवारको घरमै पुगेर मन्त्री अर्यालले राहत प्रदान गर्नुभएको हो । मन्त्री अर्यालले असोज ८ गते मृत्यु भएका १७ वर्षिय बिष्णु दमैको परिवालाई केन्द्र सरकारको तर्फबाट २ लाख, प्रदेश सरकारको तर्फबाट ५० हजार र सहकारीको तर्फबाट ४० हजार राहत प्रदान गर्नुभएको हो ।
यसैगरी उहाँले पहिरोले घरमा क्षति पुगेको औमायाँ नेपालीलाई २० हजार र अन्य तीन परिवारलाई ५/५ हजारका दरले सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । यसैगरी गत असार ३० गते पहिरोमा परेर मृत्यु भएका चार जनाका परिवारलाई संहकारी संघका तर्फबाट २०/२० हजार र बिस्थापित चार परिवारलाई १५/१५ हजार राहत मन्त्री अर्यालले प्रदान गर्नुभएको हो ।
राहत प्रदान गर्दै मन्त्री अर्यालले मृतक परिवार र बिस्तापित परिवारलाई माया गर्दै आवश्यक सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । पहिरोले प्रभावित परिवारको घर निर्माण गर्न सरकार इट्टा बन्ने बताउँदै मन्त्री अर्यालले सरकार सहयोग गर्न कुनै कन्जुस्याई नगर्ने बताउनुभयो । ‘तपाईहरु सबैले पहिरोबाट पीडित हुनुभएका दाजुभाइदिदीबहिनीहरुलाई सहयोग गर्नुस ।
सरकार तपाइहरुको साथमा छ । जग्गा नभएकाहरुलाई जग्गा खोजेर नै सरकारले घर बनाईदिन्छ’, मन्त्री अर्यालले भन्नुभयो । मन्त्री अर्यालले त्यस अवसरमा पहिरो गएको क्षेत्रको प्रत्यक्ष अवलोकन समेत गर्नुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #पद्मा अर्याल, #स्याङ्जाका पहिरो
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्