Techie IT
मंगलबार, असोज ६,२०८३

तारकेश्वरमा कोरोना संक्रमितको संख्या ४ सय ९५


काठमाडौं,   असोज । तारकेश्वर नगरमा कोरोना संक्रमितको संख्या ४ सय ९५ पुगेको छ।

संक्रमितमध्ये २ सय ११ जना होम आइसालेसन, १४ जना अस्पताल आइसोलेसन, ११ जना कोभिड सेन्टर, २ जना होटल आइसोलेसनमा रहेका छन्। नगरमा हालसम्म २ सय ५४ जना निको भएका छन्। सक्रिय कोरोना संक्रमितको संख्या २ सय ३९ जना पुगेको छ।

हालसम्म नगरका १६ सय ६९ जनाको पिसीआर परीक्षण गराएको छ भने २ सय ४ जनाको कन्ट्याक ट्रेसिङ गर्दा पोजेटिभ देखिएको शाखाले जानकारी दिएको छ।

संक्रमित मध्यै सबैभन्दा बढी मनमैजु–१० मा रहेका छन्। उक्त वडामा १ सय ३ जना संक्रमित रहेको नगरको स्वास्थ्य शाखाले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ। त्यसैगरी, साङ्ला–१ मा १३, काभ्रेस्थली –२ मा १७, जितपुरफेदी–३ मा १०, गोलढुंगा–४ मा ४३, गोलढुंगा–५ मा ४९, धर्मस्थली–६ मा ३४, फुटुङ–७ मा १८, मनमैजु–८ मा ५५, मनमैजु–९ मा ७९ र नेपालटार ११ मा ७४ जना कोरोनामा कोरोना संक्रमण फैलिएको छ।

 


क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वरमा कोरोना


तपाईको कमेन्ट लेख्नुहोस्