संखुवासभा प्रहरीले थाल्यो गाँजा नष्ट गर्ने अभियान
खाँदबारी, १७ असोज- जिल्ला प्रहरी कार्यालय संखुवासभाले जिल्लाका विभिन्न स्थानमा गाँजा फडानी र नष्ट गरेको छ । यसलाई प्रहरीले अभियानको रुपमा लिएको छ । व्यावसायिक खेति गरेको गाँजा नष्ट गर्ने अभियान चलाएको प्रहरी निरीक्षक जीवन गौतमले बताउनुभयो । गौतमका अनुसार खाँदबारी नगरपालिका ५ माल्टामा आफै उम्रिएको र व्यक्तिले लगाएको ६ सय ११ वटा गाँजाको बोट नष्ट पारिएको छ ।
धेरै मानिस रोजगारी गुमाएर घर फर्केका छन्, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी नवराज मल्ले भन्नुभयो, गाउँमा धेरै बेरोजगारी पनि छ । यो अवस्थामा युवाहरूलाई कुलतबाट रोक्नका लागि गाँजा फडानी अभियान चलाएका हौ ।
जिल्लाभरी गाँजाका बोट नष्ट गर्ने भएकाले यो अभियानलाई थप सक्रिय बनाउन सबै प्रहरी चौकीलाई निर्देशन गरिसकेको डिएसपी मल्लले बताउनुभयो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्