कोरोना संक्रमीतलाई भेट्न घरघरमा पुग्दै रक्षामन्त्री ईश्वर पोखरेल
काठमाडौं, असोज १५ । कोरोना भाइरस सङ्क्रमणका कारण होम आइसोलेशनमै बसेका ब्यक्ति तथा परिवारको मनोबल बढाउन नेपाल सरकारका उप प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संक्रमितको घर घर पुगेका छन।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले दिएको महत्वपूर्ण राष्ट्रिय जिम्मेवारी बहन गरिरहेका उप प्रधान तथा रक्षामन्त्री पोखरेल आफ्नो निर्वाचन क्षेत्रमा रहेको काठमाडौं महानगरपालिका वडा नं २का संक्रमितको अवस्था बुझ्दै मनोबल बढाउदै हौसला प्रदान गर्ने कार्यमा पनि सक्रिय भएका छन्।

उपप्रधान तथा रक्षामन्त्री पोखरेल संगै बागमती प्रदेश सभा सदस्य नारायण सिलवाल, काठमाडौं महानगर पालिका वडा नं २ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ न्हूज: पुस्तकालयका टोखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठ सहितको टोलि आज काठमाडौं महानगर पालिका वडा नं २ लाजिम्पाट क्षेत्रका बिभिन्न स्थानमा होम आइसोलेसनमा बसेका संक्रमित र परिवार संग भेटघाट गरेका हुन।
उपप्रधानमन्त्री पोखरेलले संक्रमित तथा परिवारलाइ उच्च मनोबल राख्न सके कोरोना भाइरस सङ्क्रमणले कुनै असर नगर्ने भन्दै संक्रमित तथा परिवारलाई सुस्वास्थ्यको शुभकामना दिएका थिए । साथै उनले कोरोना उपचारको क्रममा मृत्यु बरण गरेका काठमाडौं महानगरपालिका वडा नं २ का परिवारलाइ समबेदना प्रकट गर्दै कुनै आवश्यकता परेको खण्डमा सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए।
क्याटेगोरी : समाचार
ट्याग : #ईश्वर पोखरेल, #कोरोना संक्रमीत, #घरघरमा पुग्दै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्