बर्खेटारमा पहिरो खस्दा दिक्तेल–जयराम सडक अवरुद्ध
मुना थापा
खोटाङ, २१ असार । वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको दिक्तेल–जयराम सडक अवरुद्ध भएको छ । हलेसी तुवाचुङ नगरपालिकाको बर्खेटारमा पहिरो खस्दा बुधबार रातिदेखि दिक्तेल–जयराम सडक अवरुद्ध भएको हो । जिल्ला भित्रिने र बाहिरिने एक मात्र सडकमा पहिरो थुप्रिएका कारण गएरातिदेखि सवारी साधन रोकिँदा सयौँ यात्रु अलपत्र परेका यातायात व्यवसायी संघ खोटाङका महासचिव रामकुमार हिङमाङले बताउनुभयो ।
नगरपालिकाको जेसिबी, खोटाङ बृहत् खानेपानी आयोजना, मध्यपहाडी लोकमार्ग कालोपत्रका काममा प्रयोग गरिएको एस्काभेटर प्रयोग गरेर सडकमा खसेको ढुंगा पन्छाउने काम भइरहेको छ । सडकको अवरोध हटाउन नागार्जुन कम्पनीको दुई वटा बकेटसहितको एस्काभेटरसमेत पहिरोस्थलमा झिकाइएको हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राईले बताउनुभयो । सडकमाथिबाट खसेको ढुंगा पल्टाउँदा बस्तीमा पुग्ने भएकाले सडकमा थुप्रिएको ढुंगालाई फुटाएर अन्यत्र सारेर मात्र अवरोध हटाउने काम भइरहेको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्