पहिलो कोरोना सङ्क्रमितलाई महिनौंपछि फेरी कोरोना सङ्क्रमण देखियो
यही असोज ३ गते नेपालगञ्ज हुँदै हुम्ला पुगेकी पहिलो कोरोना सङ्क्रमितमा कोरोना परीक्षण गर्दा पुनः सङ्क्रमण पुष्टि भएको छ । नेपालगञ्जबाट हुम्ला पुगेका सर्केगाड गाउँपालिका गोठी गाउँकी २१ वर्षीया युवतीमा दोस्रो पटक सङ्क्रमण पुष्टि भएको हो ।
एकचालीस जनामा गरिएको परीक्षणमा एक जनामा कोरोना पोजेटिभ भएको जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिनुभयो । ती युवतीको स्वास्थ्यावस्था सामान्य रहेको जनाइएको छ । यस्तै एउटै जहाजमा आएका विद्युत् कार्यालयका दुई कर्मचारीमा कोरोना पुष्टि भएको छ ।
उनीहरुको पनि स्वास्थ्यावस्था सामान्य रहेको जिल्ला अस्पताल हुम्ला स्रोतले जनाएको छ । कोरोना सङ्क्रमित सबै स्वास्थ्यकर्मीको निगरानीमा रहेको बताइएको छ । हुम्लामा तीन सक्रिय कोरोना सङ्क्रमित छन् ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्