तारकेश्वरमा सरकारी सम्पत्तिको चरम दुरुपयोग र दोहन , ढलानमाथि ढलान
काठमाडौं ।सरकारी सम्पत्तिको दुरुपयोग र दोहन कुन हदसम्म भइरहेको छ भन्ने पछिल्ला प्रतिनिधि प्रमाण हुन् तारकेश्वर नगरपालिका वडा नं. ११ मा हुँदा हुँदैको ढलानमाथि ढलान । वडा नं. ११ को नेपालटार पछाडी यूरेका स्कुलदेखि वडा नं. ११ को कार्यालय जाने गल्ली सडकमा ढलानमाथि ढलान हुन लागेको छ । प्राविधिक दृष्टिकोणले पनि ढलानमाथि ढलान गर्न मिल्दैन ।
ट्याक्सी समेत राम्रोसँग गुडाउन नमिल्ने बाटोमा हुँदाहुँदैको ढलानमाथि नगरपालिकाको ७ लाख ७७ हजार बजेटमा पुनः रड राखेर ढलान गर्ने कार्य अगाडी बढेको छ । सामान्य मर्मत सम्भार गरेर चल्ने गल्ली सडकमा जनताको करबाट उठेको रकम आवश्यकताभन्दा बढि खर्च गर्नु कतिको जायज हुन्छ सम्बन्धित निकायले ध्यान दिन आवश्यक छ ? तारकेश्वर ११ कै नमुना नगर छेउको खोला किनारका सडकहरु ९ वर्षदेखि खाल्टै खाल्टा हुँदा पनि वडा कार्यालयले वास्ता नगरेको स्थानीयहरु आरोप लगाएका छन् ।
आवश्यक परेका ठाउँहरुमा बजेट नहालेर आवश्यक नभएको ठाउँमा बजेट विनियोजित गर्दै नगरपालिकाको रकम खर्च गर्नु जनतामाथि बेइमानि हो । तारकेश्वर ११ कै धेरै स्थानहरुमा बाटो पिच समेत हुन सकेको छैन । गरेको पिच पनि १ वर्ष टिकेको छैन भने ठूला गाडी नचल्ने सानो पक्की बाटोमा के को लागि डबल ढलान ? नियमनकारी निकायको तत्काल ध्यान जान आवश्यक छ । प्राविधिक दृष्टिकोणले पनि ढलानमाथि रड राखेर अर्को ढलान गर्न नमिल्ने कुरा वरिष्ठ इन्जिनियरहरुले बताएका छन् ।
यस बारेमा तारकेश्वर ११ का इन्जिनियर नृपेन्द्र कुमार श्रेष्ठले ढलानमाथि ढलान गर्दा बेस राख्न नपर्ने भएकाले शस्तोमा धेरै ढलान गर्न लागेको बताएका छन् । उनले अघिल्लो वर्षको बजेट बाँकी रहेकाले वडा कार्यालयको अगाडी ढलान गर्न लागेको बताएका छन् ।
तारकेश्वर वडा नं. ११ कै खोला किनारका साना बाटोहरु ९ वर्षदेखि नबनेका कैयौं ठाउँहरु छन् । उदाहरणका लागि महादेव खोला दोभानदेखि नमुना नगर जाने सडकमा वर्षायाममा मानिसहरु हिँड्डुल गर्न सक्ने अवस्था छैन । ठूलठूला खाल्टा भएका कारण गाडी आवत जावत गर्न समस्या भइरहेको स्थानीयहरुले बताएका छन् । जनप्रतिनिधीहरु त्यहि बाटोबाट दैनिक हिँडेपनि उनिहरुले वास्ता नगरेको स्थानीयको आरोप छ ।
सामाजिक संजाल एवं बिभिन्न मिडया मार्फत चर्को आलोचना आएपछि वास्तविकता के हो भन्ने प्रश्नमा वडाध्यक्ष विन्दा बुढाथोकीले भत्केको सडकको मर्मत गर्न लागेको कुरा बताउनुभयो ।
उक्त भत्कीएको ढलान १२ वर्ष अघि गरिएको उनको भनाई छ ।
तारकेश्वरका मुख्य सडक कच्ची छन , मुख्य बाटोनै कालोपत्रे हुन नसक्नु तर भित्री सडकमा ढलान माथी ढलान गरीनु अर्चार्य रहेको स्थानिय बासी बताउछन ।
राजनीतिक सत्ता र प्रशासनिक संयन्त्रहरूले राज्य स्रोतमा चलखेल गरी आफू नजिककालाई कसरी पोस्छन् भन्ने अध्ययनका दृष्टान्त पनि हुन् यी मामिला । दुवै प्रकरणमा भएका निर्णयहरू न विधिसम्मत छन्, न त पारदर्शी नै । तसर्थ, यी घटनाउपर छानबिन भएन भने ‘भ्रष्टाचारप्रति शून्य सहनशीलता’ सरकारको प्रतिबद्धता होइन, देखावटी नारामात्रै भएको प्रमाणित हुनेछ ।



क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वरमा ढलानमाथि ढलान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्