अनेरास्ववियू काठमाडौंको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
पछिल्लो समय कोभिड १९ का कारण देशैभर रगतको अभाव भैरहेको कुरालाई मध्यनजर गर्दे अनेरास्ववियू काठमाण्डौ जिल्ला कमिटिको आयोजनामा सोमबार बिहान नेकपा केन्द्रीय कार्यालय धुमबाराहीमा रक्तदान कार्यक्रम आयोजना सम्पन्न भएको छ।
अनेरास्ववियूका केन्द्रीय सहसंयोजक रंजित तामाङ बिषेश अतिथी रहेको उक्त रक्तदान कार्यकममा काठमाडौ जिल्ला कमिटी सचिव हिमाल शर्माको प्रमुख आतिथ्यता रहेको थियो। अनेरास्ववियू काठमाडौ जिल्ला कमिटी संयोजक कृष्ण थापा मगरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा करिव ६० जनाले रक्तदान गरेका थिए।

सो कार्यक्रममा अनेरास्वबियूका केन्द्रीय सदस्यहरु सुरेन्द्र बस्नेत, सुदेश पराजुली, आरती लामा, ईन्द्र भुसाल, समिर पाण्डे लगाएतको उपस्थिती थियो।
क्याटेगोरी : समाचार
ट्याग : #blood donation
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्