जीपसहित काठ तस्करी गर्ने दुई पक्राउ
बेदकोट नगरपालिका–७ वसन्तपुरबाट प्रहरीले बिहीबार म१च ३०१ नंको बलेरो जीपबाट काठ तस्करीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।
जीपमा फल्स बटम बनाई (लुकाइछिपाइ) अवैध काठ तस्करी भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले जीपमा तस्करी भइरहेको काठसहित बिहीबार दुई जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापका अनुसार काठ तस्करीमा संलग्न बेदकोट नगरपालिका–५ का २५ वर्षीय घनश्याम पन्त र शुक्लाफाँटा नगरपालिका–८ बस्ने २२ वर्षीय मोहन बोहरा रहेका छन् ।
जीपमा लुकाइछिपाइ राखेको पाँच फिट एक इन्च लम्बाइ, तीन इन्च उचाइ, चार इन्च चौडाइ भएका सालका १५ थान चिरान गरिएको काठ बरामद गरिएको प्रहरी उपरीक्षक थापाले बताउनुभयो । बरामद काठ, जीप र पक्राउ परेका व्यक्तिलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय कञ्चनपुरमा बुझाइएको छ । काठ र जीप गरी जम्मा रु १२ लाख ३० हजार मूल्यको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #तस्करी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्