अपाङ्गता भएका महिला महासङ्घ नेपाल गठन
अपाङ्गता भएका महिलाको नयाँ सङ्गठन अपाङ्गता भएका महिला महासङ्घ नेपाल गठन भएको छ । एकचालिसौँ सामाजिक सेवा दिवसका अवसरमा ‘सामाजिक क्षेत्रः राष्ट्रिय गौरव आजको प्राथमिकता, समृद्धि र सुखको लागि सामाजिक रुपान्तरण र उद्यमशिलता’ भन्ने नारासहित ‘कोभिड १९ ले अपाङ्गता भएका महिलामाथि पारेको प्रभाव’ विषयक भर्चुअल छलफलसहित बुधबार संस्था सार्वजनिक भएको छ ।
महासङ्घमा अधिकारकर्मी निर्मला धितालको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन भएको छ । महासङ्घलाई शुभकामना दिँदै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ्गले मन्त्रालयले अपाङ्गता भएका व्यक्तिका लागि केही मार्गनिर्देशिका, अधिकार सम्बन्धी नियमावली २०७७ पारित गरी कार्यान्वयनमा ल्याएको बताउनुभयो । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका अध्यक्ष मित्रलाल शर्माले नवस्थापित महासङ्घलाई स्थानीय तहसम्म विस्तार गर्न सुझाव दिनुभएको थियो । –––
क्याटेगोरी : समाचार
ट्याग : #अपाङ्गता भएका महिला महासङ्घ
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ५मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…
- ८सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ






तपाईको कमेन्ट लेख्नुहोस्